आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रहेन पत्रकार रबिन्द्र मण्डल

अखिलेश कुमार यादव २०७९ आश्विन ५, बुधबार (१ साल अघि) ३३७ पाठक संख्या

रौतहट ।नेपाल पत्रकार महासंघ रौतहट शाखाको पूर्व सचिव एवं माधव नारायण नगरपालिकाको कर्मचारी रबिन्द्र मण्डलको उपचारको क्रममा बुधवार राती मृत्यु भएको छ।

नगरपालिकाको कामले काठमाडौं बाट फर्किने क्रममा मा कल्याणी बस दुर्घटना हुँदा उनी घाईते भएको थियो र बिगत ४ साल देखि वहाँको उपचार हुँदै आएको उनको परिवारको सदस्यले बताएका छन।

पैसाको अभावमा समयमा उपचार हुन न सकेर पत्रकार मण्डलको बुधवार प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको छ।

पत्रकार मण्डल बचाउ अभियान नै संचालन गरेर पैसा संकलन भईरहेको बेला उनको मृत्यु भएको हो ।स्थानिय तह देखि लिएर धेरै युवाहरूले सहयोग गरे पनि रबिन्द्र मण्डलको समयमा उपचार न हुँदा आज उनको मृत्यु भएको खबरले पुरै रौतहट बासी नै शोकमा डुबेको छ।

पत्रकार रबिन्द्र मण्डलको शव उनको गाउँ मत्सरी लगिएको र भोलि अन्तिम संस्कार गरिने परिवारका एक जना सदस्यले बताएका छन।

प्रतिक्रिया दिनुहोस