आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारा बाट लागुऔषध गाजा सहित २ जना प्रहरिको नियन्त्रणमा

एपी खबर २०७९ आश्विन ६, बिहिबार (१ साल अघि) १९५ पाठक संख्या

सिमराः बाराको पथलैया बाट  लागुऔषध गाँजासहित विहिवार बिहान दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौडाबाट अटोमा राखेर ल्याउदै गरेको अवस्थामा प्रहरीले ३२ केजी गाँजासहित उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका १९ का ४१ वर्षीय हिराला स्यातान र ३५ वर्षीय लक्ष्मी मोक्तान रहेका छन् ।

पथलैयास्थित प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले राजमार्गमा सवारी चेकजाँच गर्दा ना१ज ५८९३ नम्बरको अटोबाट गाँजासहित उनिहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले अटोसहित उनिहरुलाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस