आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटको बौधिमाई नगरपालिकामा बिद्यार्थीहरुले गरे तोडफोड,केही विद्यार्थीहरु घाइते

अखिलेश कुमार यादव २०७९ आश्विन ९, आईतबार (१ साल अघि) २०८ पाठक संख्या

रौतहट- आइतबार स्थानीय शंकर माविका विद्यार्थीहरुले रौतहटको बौधिमाई नगरपालिकामा तोडफोड गरेका तोडफोड गरेको छ ।

 

विद्यार्थीहरुको समूहले आफूहरुले बारम्बार शैक्षिक भ्रमणको लागि बजेट छुट्याउन माग गरेपनि नगर प्रमुख प्रदीप यादवले अटेर गरेको भन्दै तोडफोड गरेको जनाइएको छ । आक्रोशित विद्यार्थीहरुको समूहले नगर प्रमुख यादव चढ्ने ना १ झ १६९३ नम्बरको सरकारी गाडीमा समेत तोडफोड गरेका छन् ।

May be an image of car and outdoors

 

विद्यार्थीहरुले जथाभावी ढुंगा प्रहार गर्दा गाडीका सिसाहरु सबै फुटेका छन् भने विभिन्न भागहरु कुचिएको छ । विद्यार्थीहरुको आक्रमणबाट नगरपालिकाका झ्यालका सिसाहरु , नगरपालिका परिसरमा राखिएका डोजर, मोटरसाइकललगायतका सवारी साधनहरु पनि तोडफोड भएको नगरपालिकाले जनाएको छ ।May be an image of 1 person

 

 

प्रहरीले अवस्था नियन्त्रणमा लिनका लागि ९ राउन्ड अश्रु ग्याँस तथा ३ राउन्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए । त्यसैगरी केही विद्यार्थीहरु पनि घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

 

 

नगर प्रमुख प्रदीप यादवले विद्यार्थीहरुले आफूलाई शैक्षिक भ्रमणको लागि रकम माग गर्न आएको स्वीकार्दै आफूले पनि परिषद् हुने बित्तिकै व्यवस्था मिलाउने प्रतिबद्धता गरेपनि तोडफोड गरेको बताए ।

प्रतिक्रिया दिनुहोस