आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चट्याङ लागेर पर्सामा एक जनाको मृत्यु, ३ जना उपचाररत

एपी खबर २०७९ आश्विन १०, सोमबार (१ साल अघि) १६६ पाठक संख्या

पर्सा । चट्याङ लागेर पर्सामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्लाको वीरगञ्ज छपकैया इदगाह चोकमा चट्याङ लागेर आज बिहान एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

चट्याङ लागेर घाइते भएका तीन जनामध्ये एक जनाको मृत्यु भएको र दुई जना उपचाररत रहेका छन् ।

 

यस्तै, पर्साको विन्दवासिनीको अमरपट्टीमा पनि चट्याङ् लागेर एक जना घाइते भएको छ । आज बिहान वर्षासंगै परेको चट्याङ लागेर घाइते भएका उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस