आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

धनुषाबाट प्रतिबन्धित ब्राउन सुगरसहित दुई जना पक्राउ

एपी खबर २०७९ आश्विन १०, सोमबार (१ साल अघि) १८० पाठक संख्या

जनकपुरधाम– धनुषाबाट प्रतिबन्धित ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले जिल्लाको विदेह नगरपालिका-१ महिनाथपुरस्थित भारतबाट नेपालतर्फ आउँदै गरेका युवक युवतीलाई हेलमेटमा ब्राउन सुगर राखेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिरहाको कर्जना नगरपालिका-३ थाना चौक बस्ने २३ वर्षीय महादेव मण्डल र कर्जना-२ बन्दीपुर छगरिया बस्ने १९ वर्षीया अस्मिता खत्री रहेको सशस्त्र प्रहरी बलले जनाएको छ । 

भारतबाट नेपालतर्फ आउँदै गरेको स ६ प ८०८६ नम्बरको मोटरसाइकललाई शंकाको आधारमा चेकजाँच गर्दा मण्डलले लगाएको हेलमेटबाट १६.८५ ग्राम ब्राउन सुगर बरामद भएको हो । पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय खजुरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस