आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

स्यालको आक्रमणबाट मौलापुरमा एक महिला घाइते

एपी खबर २०७९ आश्विन १३, बिहिबार (१ साल अघि) १७७ पाठक संख्या

रौतहट । स्यालको आक्रमणबाट रौतहटको मौलापुरमा एक महिला घाइते भएकी छन् । मौलापुर नगरपालिका वडा नम्बर ७ बस्ने अदाजी ४५ वर्षीया बासमती देवीमाथि बिहीबार बिहान स्यालले आक्रमण गरेको छ ।

 

 

दसैँको अवसरमा आज बिहान पुजा गरि मन्दिरबाट घर फर्किने क्रममा बाटोमा बासमती देवीमाथि स्यालले आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थालको अक्रमणबाट ती महिलाको ओठ काटीएको छ ।

 

ओठ काटीएर गम्भीर घाइते भएकी महिलालई उपचारको लागि पर्साको वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत विवरण आउँन बाँकी नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस