आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

२० दिनभित्र हतियार बुझाउन रौतहट प्रशासनको आग्रह

अखिलेश कुमार यादव २०७९ आश्विन १४, शुक्रबार (१ साल अघि) ३०५ पाठक संख्या

रौतहट — जिल्ला प्रशासन कार्यालय रौतहटले २० दिनभित्र हतियार बुझाउन आग्रह गरेको छ ।आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनकालाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि प्रशासनले हतियार बुझाउन शुक्रबार सूचना जारी गरेको हो ।

 

सूचनाअनुसार आगामी कात्तिक ५ गतेभित्र इजाजत प्राप्त विभिन्न किसिमका हतियारलाई नजिकका प्रहरी कार्यालयमा बुझाउनु पर्ने उल्लेख छ । बुझाएका हतियारलाई निर्वाचनपछि फिर्ता गरिने प्रमुख प्रमुख प्रशासकीय अधिकृत मनिष झा द्वारा जारी भएको सूचनामा छ ।

प्रतिक्रिया दिनुहोस