आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटको गौरमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थापना

एपी खबर २०७९ आश्विन १६, आईतबार (१ साल अघि) १६८ पाठक संख्या

रौतहट । रौतहट जिल्लाको सदरमुकाम गाैरमा आईतबार एक कार्यक्रमको बीच मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएको छ । जिल्ला अदालत गौरका जिल्ला न्यायाधीश तथा राैतहट जिल्लाका मुख्य निर्वाचन अधिकृत मातृका प्रसाद मरासिनीले जनताले चाहेको जन प्रतिनिधि छान्ने सवालमा हामी निष्पक्ष धाधली रहित रुपले कार्य गर्ने कुरामा लागि परेको वहाले बताउनु भयो ।

 

 

मास मिडिया प्रिन्ट मिडियामा कसरी प्रचार गर्ने निर्देशिका अनुसार गरिदिनु हुन समेत वहाँले अनुराेध गर्नु भयाे ।निर्वाचन कार्यालय राैतहटका प्रमुख छोटेलाल दास,निर्वाचन सम्बन्धि प्राविधिक कुरा राख्नु हुँदै राैतहटमा ४ वटा निर्वाचन क्षेत्रमा अगल अलग सम्बन्धित क्षेत्रमा नै निर्वाचन कार्यालय स्थापना हुन लागेको बताउदै एकको गाैर ,दुईको परोहा ३ को कटहरिया र ४ चन्द्रनिगाहपुरमा कार्यालय स्थापना हुन लागेको वहाँले बताउनु भयो ।

 

साे अवसरमा नेपाली सेनाका कर्नेल गंगा बहादुर विष्ट , नेपाल प्रहरीका प्रहरी उपरीक्षक वीर बहादुर बुढामगर, सस्शत्र प्रहरीका सशस्त्र प्रहरी उपरीक्षक ध्रुव बहादुर कार्की, राष्ट्रियअनुसन्धानका प्रमुख मुकुन्द ढकाल , गाैर नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुर सहितका मुख्य उपस्थिति रहयाे ।

 

कार्यक्रम सञ्चालन जिल्ला अदालतका उप सचिव सुशील कुमार यादवले गर्नु भयाे ।यसै बिच राैतहट २ नम्बर क्षेत्रको लाैकाह स्थित परोहा नगरपालिकाको कार्यालयमा निर्वाचन कार्यालय स्थापना गरिएको छ । क्षेत्र नम्बर ३को कटहरिया र क्षेत्र नम्बर ४ को चन्द्रनिगाहपुरमा यही २० गते कार्यालय खुल्ने निर्वाचन कार्यालय राैतहटले जनाएको छ।

प्रतिक्रिया दिनुहोस