आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कठोर व्रत छठ गर्दै पोलिटब्युरो सदस्य साह सहित हजारौं महिला

एपी खबर २०७९ कार्तिक १२, शनिबार (१ साल अघि) २५६ पाठक संख्या

धिरेन्द्र तिवारी / कलैया

नेकपा एमाले पोलिटब्युरो सदस्य तथा बारा निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्य ज्वाला कुमारी साह चार दिन सम्म मनाइने बिश्व र आस्थाको छठ पर्वको दोस्रो दिन पनि व्रत बस्नु भएको छ ।

हिजो नहाय खाए गरेकी साह आज दोस्रो दिन बिहान देखी घरदैलोमा भोकभोकै रहेकी साह आज साझ रसियाव रोटी(खरना) को विधि गर्दै हुनु भएको हो।

करैयामाई गापा-४ माइतीघर लौतनबाट गतबर्ष देखी छठ व्रत सुरुवात गरेकी साह यसपाली आफ्नै निर्वाचन क्षेत्रको छठघाटबाट व्रत गर्ने जनाएकी छिन ।

आइतबार साँझ अस्ताउदो सूर्यको अर्घ दिई बारा निर्वाचन क्षेत्र नम्बर ३ को अन्य छठघाटमा समेत पुगेर भेटघाट गर्ने समेत कार्यक्रम रहेको छ ।

निर्जल व्रतको रूपमा रहेको यो व्रत गर्दै चौथो दिन अर्थात सोमबार बिहान उदाउदो सूर्यको अर्घ दिन पनि अन्य छठघाट पुग्ने साहको लक्ष्य रहेको छ।

सूर्यको अर्घसंगै सुर्यध्वजा वाहक एमाको उदय हुने साहले बताइन ।

प्रतिक्रिया दिनुहोस