आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सिमित ब्यक्तिको बिकाश गर्ने नेपालको चुनावी अभियान धरापमा

अमित ठाकुर २०७९ कार्तिक १७, बिहिबार (१ साल अघि) १९३ पाठक संख्या

प्रतिनिधि सभा सदस्यका लागी रौतहटको क्षेत्र नंं १ बाट गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र पूर्व मेयर अजय गुप्ता बिच प्रतिष्पर्धा हुने भएको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग प्रतिष्पर्धामा रहेका नेकपा एमालेका उम्मेदवार अजय गुप्ता चुनावी रणनितिका साथ अगाडी बढि रहेका छन । दुवै उम्मेदवारले मतदातालाई आफ्नो पक्षमा पार्न घरदैलो, कोणसभा लगायतका कार्यक्रमहरु गरिरहेका छन ।

रौतहटबाट निर्वाचित भएर प्रधानमन्त्री समे भइसकेका नेता नेपाललाई गठबन्धनका उम्मेदवारहरुले पनि सघाइरहेको छन । तर नेता नेपाललाई यसभन्दा पहिले मत दिएका स्थानियले यस पटक गुनासो बढी गरिरहेका छन । प्रधानमन्त्री समेत बनेका व्यक्तिले जिल्लामा समुचित विकास गर्न नसकेकोमा स्थानीयको गुनासो छ । खास गरी जुद्ध माध्यमिक विद्यालयको छात्रावास तथा बाग्मती नदीको पुल निर्माण गराउन नसकेको भन्दै स्थानीयले दुखेसो गरेका छन ।

दोश्रो संविधानसभा निर्वाचनमा माधव कुमार नेपाल संग तिन सय मतले पराजित भएका एमालेका नेता गुप्ताले यो चुनावमा नेपाललाई कडा चुनौती दिने भएका छन् । गुप्ताले आफ्नो जितका लागि यतीबेला भेटघाटलाई तिब्र पारेका छन । एमालेका तर्फबाट क्षेत्र नं. १ को क बाट राजकिशोर यादवसँगको सहकार्यमा गुप्ताले घरदैलो कार्यक्रममा जोड दिइरहेका छन भने एकीकृत समाजवादीका नेता नेपालले पनि गठबन्धनका उम्मेदवारहरुसँग घरदैलो कार्यक्रममा व्यस्त छन ।

दुवै नेतालाई सुनिरहेका स्थानिय भने अहिलेनै कसैको पक्षमा खुल्न चाहदैनन । घरदैलोमा आएका नेताहरुको आश्वासन र तर्कहरु सुन्दै उनीहरु मंसिर ४ मा आफ्नै स्वविवेकले मतदान गर्ने बताउछन ।

एमालेका नेता अजय गुप्ता र गठबन्धनका तर्फबाट नेकपा समाजवादीका उम्मेदवार माधव नेपाल दुवैले आफुहरुलाई स्थानियको सर्मथन रहेको दाबी गर्छन ।

प्रतिक्रिया दिनुहोस