आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सत्ता शक्तिको दुरुपयोग गर्दै नियोजितरुपमा होटेलमा प्रहरी परिचालन गरियो : वाग्ले

एपी खबर २०७९ मंसिर ३, शनिबार (१ साल अघि) २३२ पाठक संख्या

सिमराः बारा क्षेत्र नं. ४ का स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्लेको लगानी रहेको सिमरास्थित होटल इच्छामा शनिवार दिनभर नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका ३ मा रहेको होटल परिसर भित्र र प्रवेशद्धारमा प्रहरी परिचालित गरिएको हो ।

 

प्रहरीले दिनभर होटल क्षेत्रलाई घेरा हालेर राखेका थिए । प्रहरी परिचालित भएपछि स्वतन्त्र उम्मेदवार वाग्लेसहित परिवार र उनका समर्थक आतंकित देखिन्थे । आइतवार हुने निर्वाचनका लागि स्वतन्त्र उम्मेदवार वाग्लेको तर्फबाट मतदान प्रतिनिधि चयन गर्ने र खटाउने काम भईरहेका बेला प्रहरी परिचालन गरिएको थियो ।

 

प्रहरी परिचालित भएपछि अमलेखगंजस्थित मतदान केन्द्रमा खटिन आएका प्रतिनिधि होटल बाहिरबाटै फर्किएका थिए । उम्मेदवारको हस्ताक्षरसहितको सिफारिस नलिई प्रतिनिधिहरु फर्किन थालेपछि प्रतिनिधि चयन प्रक्रिया केहीबेर प्रभावित बनेको थियो ।

 

 

सिफारिस लिन आएका प्रतिनिधिको मनोबल कमजोर बनाउन र स्वतन्त्र अभियानलाई प्रभावित पार्ने उदेश्यसहित प्रहरी परिचालित भएको स्वतन्त्र उम्मेदवार वाग्लेले बताए । सत्ता शक्तिको दुरुपयोग गर्दै नियोजितरुपमा प्रहरी परिचालन भएको वाग्लेको भनाई थियो ।

 

‘हामीमाथी सत्ता शक्तीको दुरुपयोग गरेर नियमित प्रहार भईरहेको थियो । आज पनि त्यही गरियो’ वाग्लेले भने ‘मतदान प्रतिनिधि खटिन आएका व्यक्तिलाई गेटमै रोक्ने र फर्काउने काम निर्वाचन आचारसंहिता विपरित हो । प्रहरी निष्पक्ष निर्वाचन गर्ने पक्षमा देखिएको छैन ।’

 

प्रहरी परिचालन गरेर आफूहरुको अभियानलाई प्रभावित पार्न खोजिएको विषयलाई जनताले मुल्यांकन गर्ने वाग्लेले बताए । सत्ताको दुरुपयोग गरेर आतंकित बनाउने काम गरेको भन्दै वाग्लेले भयरहित वातावरणमा निर्वाचन गराउने भूमिका खेल्न प्रहरीप्रशासनलाई आग्रह गरेका छन् ।

 

 

यता बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले भने होटलमा पैसा वितरण भईरहेको सूचना प्राप्त भएपछि प्रहरी परिचालन गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस