आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मतदातामा देखिएन उत्साह,मतदान स्थलमा मतदाताको संख्या न्युन

एपी खबर २०७९ मंसिर ४, आईतबार (१ साल अघि) २४० पाठक संख्या

बारा– प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन चलिरहेको छ । विहिन ७ बजेबाटै भैरहेको निर्वाचनमा मतदाताहरुको संख्या न्युन छ । कतिपयले भने यस निर्वाचमा मतदान उत्साहित नदेखिएको बताएका छन् ।

दलहरुप्रतिको वितृष्णले मतदानमा उत्साह नदेखिएको जितपुरसिमरा १८ का टंक लुईंटेलले बताए । यस अघिका निर्वाचनमा विहानै देखी भिडभाड हुन्थ्यो । अहिलेको निर्वाचनमा त्यस्तो देखिएन उनले भने ।

जाडोका कारणले कम मतदाता विहानीमा उपस्थीत भएपनि यो संस्था बढ्दो रहेको निर्वाचन अधिकृतहरुले बताएका छन् । भिडभाड रहित ढंगबाट मतदान भैरहेको बारा क्षेत्र नं.३ अन्तरगत जितपुर सिमरा १८ स्थीत बालबालिका आधाभुत माविकी निर्वाचन अधिकृत सीमा चौधरीले बताईन् ।

जिल्ला भरिनै मतदान भने शान्ति पूर्ण भईरहेको बारा जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । मतदान स्थल आसपासको शुरक्षा ब्यवस्था कडा पारिएको छ ।

नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले शुरक्षा ब्यवस्थालाई चुस्त पारिरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालले बताए ।

प्रतिक्रिया दिनुहोस