आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रादेशिक आसपताल कलैयामा ज्वाला साह र महम्द समीरको टोलि द्वारा छडके अनुगमन

एपी खबर २०७९ मंसिर १८, आईतबार (१ साल अघि) २३९ पाठक संख्या

धिरेन्द्र तिवारी- बारा-

बारा क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य ज्वाला कुमारी साह र प्रदेस सांसद महम्द समिरको टोलीले प्रादेशिक असपताल कलैयामा आईतबार छडके अनुगमन गरेको छ ।

 

अस्पतालको ईमर्जेन्सी वार्ड ओपिडि वार्ड एकसरे वार्ड ल्यब वार्ड र प्रसुति कक्षमा अनुगमन गर्नु गरेका छन् ।अनुगमनको क्रममा स्टोर बिरामीको खाना नास्ता अस्पतालको गाडी र मोटरसाईकल एमबुलेन्स फारमेसी, अस्पतालबाट सरुवा भएर गएका लेखापाल सुब्बाले अहिलेसम सवारी साधन र क्वार्टर मै बस्दै आएको भेटिएको छ ।

 

प्रतिनिधि सभा सदस्य साह र प्रदेश सभा सदस्य महम्द समीर र प्रदेश सभा सदस्य रबिन्द्र श्रेष्ठले कमिकमजोरी भेटेको कार्यहरूलाई सुधार गर्न निर्देशन दिनु भएको थियो।

 

अनुगमनमा कलैया उपमहानगरपालिकाका कार्यालयपालिका सदस्य राजेश्वर सिंह, अशोक तिवारी, जीउत यादव, सदाम अन्सारी , कुलदिप ठाकुर .अनिल कुशवाहा, अस्पताल बिकास समितिका अध्यक्ष प्रकाश चौलागई, सदस्य शेषनाथ कुशवाहा, अस्पतालकका मेडिकल सुपरिटेन्डेन्ट सुनिल जैसवाल लगायत सन्चारकर्मीको सहभागिता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस