आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रादेशिक अस्पताल कलैया द्वारा बारा क्षेत्र न ३ बाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान

एपी खबर २०७९ मंसिर १९, सोमबार (१ साल अघि) २४६ पाठक संख्या

धिरेन्द्र तिवारी ।कलैया ।

 

कलैया प्रादेशिक अस्पताल बाराले सोमबार एक कार्यक्रमको आयोजना गरेर बारा क्षेत्र न ३ बाट प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा निर्वाचित भएका जनप्रतिनिधिलाई सम्मान गरेको छ ।

 

प्रतिनिधि सभा सदस्य ज्वाला कुमारी साह प्रदेश सभा सदस्य ३ को ख बाट नव निर्वाचित महम्द समीर ३ को क प्रदेश सभा सदस्य रबिन्द्र दास श्रेष्ठलाई सम्मान गरेको अस्पतालले जनाएको छ ।

 

 

सम्मान कार्यक्रममा बिशिस्ट अथिती समेत रहेको कलैया उपमहानगरपालिकाका प्रमुख बिनोद साहले कलैया प्रादेशिक अस्पताल आर्थिक भ्रष्टाचारको अखडा बनेको बताएका थिए। त्यस्तै वहाले भ्रष्टाचारको अखडालाई कलैया प्रादेशिक अस्पताल बिकास समितिका अध्यक्ष प्रकाश चौगाईले अन्त्य गर्नु हुन्छ भन्ने बिश्वाश रहेको बताउनु भएको थियो ।

 

 

अर्को बिशिस्ट अथिती प्रदेश सभा ३ को क को प्रदेश सभा सदस्य रबिन्द्र दास श्रेष्ठले मेरो बिकास क्षेत्र नम्बर ३ को बिकास मात्र नभई सिङ्गो प्रदेशको जिम्मेवारी रहेको बताउनु भएको थियो ।

 

यसैबीच कलैया प्रादेशिक अस्पतालमा ५० बेड रहेको र कलैया प्रादेशिक अस्पतालले आफैले ४० बेडको ब्यावस्था गरि जिल्लाका गरिब जनताहरुलाई सहयोग गरिरहेकोमा महम्द समिरले कलैया प्रादेशिक अस्पताललाई धन्यवादब ज्ञापन गर्नु भएको थियो ।

 

कलैया प्रादेशिक अस्पतालमा कुन कुन फाटमा उपचार गर्नका लागि डाक्टरहरुको कति जनशक्ति रहेको र कति अपुग रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुनिल जैसवाल सङ्ग माङ्ग गर्नु भएको थियो ।साथै डिजिटल हाजिरीको ब्यावस्थापन गर्नको लागि डाक्टर सुनिल जैसवाललाई सुझाव दिनुभयो।

 

कार्यक्रमका प्रमुख अथिती प्रतिनिधि सभा सदस्य ज्वाला कुमारी साहले कलैया प्रादेशिक अस्पतालको कमिकमजोरीलाई सुधारेर अगाडि बढन मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुनिल जैसवाललाई निर्देश दिनुभयो।

 

कार्यक्रमक्रममा कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साह, वडा नम्बर २७ का अध्यक्ष अशोक तिवारी, कलैया अस्पतालका लेखापाल पप्पु चौधरि, बिम्मा फाटका अनिल प्रसाद चौरसिया, ऋषि साह ब्यलबका फुल महम्द, बिकाश समितीका सदस्य षेशनाथ कुशवाहा, किसम्ती देबि राम रुसत्म अन्सारी अलिराज अन्सारी बिकि साह मोहन लामिछाने लगायतको उपस्थिति रहेको थियो ।

 

कार्यक्रम अस्पताल बिकास समितिका अध्यक्ष प्रकाश चौगाईको अध्यक्षता भएको थियो । कार्यक्रममा स्वागत मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुनिल जैसवालले गरेका थिए ।भन्ने संचालन अस्पतालका सुब्बा प्रेम पण्डितले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस