आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वीरगन्जमा टिपरको ठक्करबाट एक बालक गम्भीर घाइते ,चितवनमा उपचार हुदै

एपी खबर २०७९ मंसिर २१, बुधबार (१ साल अघि) १८२ पाठक संख्या

पर्सा- पर्सा जिल्लाको सदरमुकाम वीरगन्जमा टिपरको ठक्करबाट एक जना बालक गम्भीर घाइते भएका छन् । वीरगन्ज महानगरपालिका १४ स्थित ना ३ ख ७४ २३ नम्बरको टिपरले हिजो बेलुकी ७ बजे ठक्कर दिदा स्थानीय गोविन्द काफ्लेका डेढ वर्षीय छोरा गौरव घाइते भएको पर्सा प्रहरीले जनाएको छ ।

 

घाइते बालकलाई उपचारको लागि चितवन पठाइएको प्रहरीले बताएको छ । टिपर चालक फरार रहेकाले खोजी भइरहेको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस