आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जग्गाको किताकाट खोल्नु पर्ने माग गर्दै उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाईयो

एपी खबर २०७९ मंसिर २१, बुधबार (१ साल अघि) २९४ पाठक संख्या

जग्गाको कित्ताकाट खोल्न जीतपुरसिमरा  उपमहानगरपालिकालाई  जितपुरसिमराका व्यवसायी र स्थानियहरूले उपमहानगरलाई उपमहानगर भित्र जग्गाको कित्ताकाट खुल्ला गर्न ज्ञापनपत्र बुझाएको छ।

बारा पर्साका अधिकांश स्थानीय तहले जग्गा कित्ताकाट खुुल्ला गरिसके परिप्रेक्षमा जीतपुरसिमरा उपमहानगरले हाल सम्म कित्ताकाट नखोल्दा स्थानीय र व्यवसायीहरू मारमा परेको छ।                                                                                                                                      जीतपुरसिमरा पनि छिटोभन्दा छिटो  जग्गा कित्ताकाट खोल्न ज्ञापनपत्र बुझाएको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनोज कुमार गुप्ताले बताउनुभयो ।

जीतपुरसिमराका स्थानीय, व्यवसायी र विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले संयुक्तरूपमा जीतपुरसिमरा उपमहानगरपालिका मेयर राजन पौडेललाई उनको कार्यकक्षमै ध्यानाकर्षण सहितको ज्ञापनपत्र बुझाएका हेन् ।

ज्ञापनपत्र बुझ्दै मेयर राजन पौडेलले यस विषय उपमहानगरले छिटै काम गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस