आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

महोत्तरी बाट १७ लाख भारतीय रुपैयाँसहित एक जना पक्राउ

एपी खबर २०७९ फागुन २, मंगलबार (१ साल अघि) १६८ पाठक संख्या

जनकपुरधाम – महोत्तरी प्रहरीले दशगजा क्षेत्रबाट १७ लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।नेपालमा प्रतिबन्धित पाँच सय दरका भारतीय नोटसहित प्रहरीले महोत्तरीको मटिहानी–८ का २९ वर्षीय महेश यादवलाई पक्राउ गरेको हो।

 

महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरी टोलीले नेपाल–भारत सिमानाबाट यादवलाई पक्राउ गरेको हो।

 

भारतबाट नेपालतर्फ आउँदै गरेको ज ६ प ६६६४ नम्बरको मोटरसाइकलको ट्याङ्कीभित्रबाट प्रतिबन्धित भारतीय नोट ५ सय दरका ३ हजार ४ सय थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।यादवलाई आवश्यक कारवाहीका लागि राजश्‍व अनुसन्धान कार्यालय पथलैया पठाइने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस