आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रहरी हवल्दार चौरसियालाई प्रहरी उपरीक्षक बोगटीको संरक्षन

एपी खबर २०७९ फागुन ३, बुधबार (१ साल अघि) १६९ पाठक संख्या

धिरेन्द्र तिवारी कलैया: जिल्ला प्रहरी कार्यालय बाराले प्रहरी हवल्दार जितन चौरसियालाई गत माघ २९ गते तस्करी गराएको अभियोगमा जिल्ला प्रहरी कार्यालयमा तानेका थिए ।

 

 

प्रहरी हवल्दार जितन चौरसियाले प्रहरी चौकि पथलवाघाटमा केहिदिन अघि तस्करहरु सङ्ग मिलेर प्रहरी चौकि अगाडि सुर्ती र कपडा पैकिङ्ग गराई रहेको भिडियो भाईरल भएपछि मधेस प्रदेशका प्रहरी प्रमुख डिआईजि बसन्त कुवरको आदेशमा प्रहरी चौकि पथलवाघाटका प्रमुख प्रहरी हवल्दार जितन चौरसियालाई कार्वाही गर्नका लागि जिल्ला प्रहरी कार्यालय बारामा तानेका थिए ।

 

 

यता जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले मधेस प्रदेशका प्रहरी प्रमुख डिआईजी बसन्त कुवरको आदेशलाई ब्यवास्था गरि प्रहरी हवल्दार जितन चौरसियालाई अहिले सम्म कुनै किसिमको कार्वाहीका प्रक्रिया अगाडि नबढाएको प्रहरी स्रोतले जानकारी गराएका छन ।

 

 

भाईरल भएका भिडियोमा प्रहरी हावल्दार जितन चौरसियाले प्रहरी चौकि अगाडि पैकिङ्ग गराई रहेको अवस्था हुदाहुदै कुनै किसिमको कार्वाही नभई चौराियालाई जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख होबिन्द्र बोगटीले बिदामा छोडेको प्रहरी स्रोतले बताएका छन ।

 

यता प्रहरी स्रोतकाअनुसार प्रहरी हवल्दार जितन चौरसिया जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीको पात्र रहेको हुनाले हावलदार जितन चौरसियालाई कार्वाही हुन नसक्ने प्रहरी स्रोतले बताएका छन।

 

भाईरल भएको भिडियोको दृश्य हेर्दा प्रहरी हवल्दार जितन चौरसियालाई निलम्बन हुने सम्म कार्वाही हुने पर्ने प्रहरी स्रोतले बताएका छन । तर प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले चौरसियाको लागि हदसम्म गरि रहेको प्रहरी स्रोतले जानकारी गराएका छन।

प्रतिक्रिया दिनुहोस