आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

४ दिन देखि बेपता बहेकी महिलाको शव खोला छेउमा शंकास्पद अवस्थामा फेला

अखिलेश कुमार यादव २०७९ फागुन ३, बुधबार (१ साल अघि) १६४ पाठक संख्या

सिमरा। निजगढ नगरपालिका वडा नम्बर १२ बुङ्गजोरमा बाट गत शनिबारबाट बेपत्ता बनेकी ७१ वर्षीया कान्छिमाया घलानको शव मंगलबार घर नजिकैको बुङ्गजोर खोला छेउमा रुखको स्याउलाले छोपेको अवस्थामा फेला परेको हो ।

 

स्याउलाले छोपेर राखेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय निजगढको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।ढिलो खबर आएको र रात परेर अध्यारो भएकाले मंगलबार मुचुल्का तयार पार्न नभ्याइएपछि घटनास्थलमा नै शव छाडेर प्रहरी टोली फर्किएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

 

मृतक घलानको परिवारमा श्रीमानसहित २ छोरा छन । स्थानीयका अनुसार कान्छो छोराको मानसिक अवस्था बिग्रेको र ३/४ दिन अघिदेखि उनले पनि घर छोडेर हिडेको बताइएको छ ।श्रीमान गाउँमै अर्को घरमा बस्ने र जेठो छोरा भने रोजगारीको क्रममा सिमरामा छन । हत्या गरेको हुनसक्ने भन्दै आफन्त र स्थानीयले पनि मृतकको शव उठाउन मानेका थिएनन । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय निजगढका निरीक्षक सन्जिव ओलीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस