आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पुल निर्माणका लागि अनसनमा बसेका रौतहटका पत्रकार संजय सहनीको स्वास्थ्य अवस्था नाजुक ,स्थानीय आक्रोशित 

AuthorAP Khabar२०७९ फागुन ३, बुधबार (१ साल अघि) ११२ पाठक संख्या

रौतहट । शिलान्यास भएको ९ वर्ष बितिसक्दा पनि रौतहटको गौर र इशनाथ नपा जोड्ने लालबकैया टिकुलिया पुल निर्माण नभएको भन्दै आमरण अनशनमा बसेका रौतहटका पत्रकार सन्जय सहनीको स्वास्थ्य अवस्था बुधबार बिहानै देखि निकै नाजुक बन्दै गएको छ ।

 

३ दिन देखि अनसनरत पत्रकार सहनीको स्वास्थ अवस्था नाजुक बन्दै गएपछि स्थानीय आक्रोशित बनेका छन् । पुल निर्माण तत्काल काम सुरु गर्न दबाव दिन अनसनमा बसेको सहनीले उठाएको माग सम्बोधन गराउन साथै उहाँको स्वास्थ्य प्रती सरकार गम्भीर नबनेको भन्दै स्थानीय आक्रोशित बनेका हुन् ।नेपाल पत्रकार महासंघ रौतहट शाखाका सहसचिव समेत रहेका सहनीले अलपत्र परेको पुल निर्माणका लागि स्थानीयदेखि केन्द्रीय नेताहरुको समेत ध्यानकर्षण गराउन खोजेको जानकारी दिए । पत्रकार सहनी पनि लालबकैया नदी किनारकै बासिन्दा हुन् ।

 

‘८ वर्षसम्म पनि पुल अलपत्रमा रहदा नेताहरुले अनुगमन बाहेक अरु केही काम गरेनन् । अनुगमन र सान्त्वना भन्दा पनि निर्माण सम्पन्न गराउन सरकारले तत्काल पहल गर्नुपर्छ’ उनले भने, ‘पुल निर्माणको एक मात्र माग राखेको छु । पूरा नभएसम्म यही नदीकै बगरमा अनसनमा रहनेछु ।’‘धेरै सरकार बन्यो ,ढल्यो तर सम्झौता गरेको ८ वर्ष बितिसक्दा पनि लाग्दा पुल अलपत्र हुनु कारण के होला हामीलाई बुझाई दिनु सम्बन्धित निकाय तथा व्यक्तिहरुले बुझाइदिनु पर्यो,’ अनशनरत सहनीले भने, ‘ मेरो ज्यान गए केहि फरक पर्दैन , म मरे पनि मेरो सन्तती र इशनाथ तथा गौर नगरपालिकाको आमाबुबा, दिदीबहिनी र दाजुभाईले पक्की पुलबाट ओहोरदोहोर गर्न पाउन् भन्ने चाहना छ।

 

 

जिल्ला सदरमुकाम गौर नजिकको लालबकैया नदीमा निर्माण सुरु भएको पुल समयमा नबन्दा सर्वसाधारण जोखिम मोलेर डुंगाबाट वारपार गर्नु पर्ने बाध्य रहेको स्थानीय राम नरेश यादबले बताए । तराईको सुगम जिल्ला भए पनि पुल नबन्दा बासिन्दा सदरमुकाम आउजाउ गर्न वर्षयाममा डुंगा चढ्नुको विकल्प छैन। धेरै पटक ढुङ्गा दुर्घटना हुँदा कयौले ज्यान गुमाए तर पुल बनेन यसको मुख्य दोसि नेपाल सरकार रहेको यादवले बताए ।उनले भने-” पुल निर्माणका लागि अनसनरत पत्रकार संजय सहनीको स्वास्वास्थ स्थिति ठिक छैन ,उहाँको स्थिति हेर्न एक चोटि पनि सिडिओ , मन्त्री ,सान्सद सम्म आएनन यो कस्तो गैर जिम्मेवार रबैया होला ।भोली देखि विभिन्न दल प्रतिनिधिको पुत्ला दहन र स्थानीयले आत्म दाह गर्न बेर छैन।यसको जिम्मेवारी राज्यले लिनु पर्ने बताए ।

 

।लालबकैया नदी पारिका बन्जाराहा, औरैया, मठियाबाट लगायतका स्थानहरुबाट सदरमुकाम गौर आउजाउ कठिन भएपछि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ असार २९ गते सो पुल शिलान्यास गरेका थिए ।वि.सं. २०७१ असारमा वीरगन्जस्थित पप्पु कन्स्ट्रक्सनले १४ करोड ९२ लाख २७ हजार १५० रुपैयाँमा ठेक्का लिएको पुलको काम ८ वर्ष बितिसक्दा पनि सम्पन्न नहुँदा स्थानिय आजित भएका छन् । पप्पु कन्स्ट्रक्सनल २०७४ असार २५ भित्र काम सक्ने सम्झौता गरेको थियो । तर निमार्ण सुरु गरेको ८ वर्ष भइसक्दा पनि करिब ३५ प्रतिशत मात्र काम सम्पन्न भएको डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । सो कन्ट्रक्सनका संचालक पूर्व सासंद हरिनारायण रौनियार हुन् ।

 

बकैयामा पानीको बहाव कम भए बेलमा मात्र स्थानीयले डुंगामा आवत जावत गर्न सक्छन् । वर्षायाममा सो खोलामा पानीको वहाव बढ्ने गरेको छ । पानीको बहाब बढेपछि सो नदिमा ढुंगा पनि चलाउन नसकिने अवस्था रहेको छ । यस्तो अवस्थामा सो बाटो हुँदै आवतजावत पूर्ण रुपमा बन्द हुने गरेको छ । सो समयमा स्थानिय वासिन्दा करिब २२ किलोमिटर घुमेर सदरमुकाम गौर आउ जाउ गर्नुपर्ने हुन्छ ।

वि.सं. २०७५ भाद्र ०९ गते सोही स्थानमा भएको डुङ्गा दुर्घटनामा ५ जना स्थानियले ज्यान गुमाएका थिए भने डुङ्गामा सवार २४ जनाले पौडिएर ज्यान जोगाएका थिए ।
घटनालगत्तै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत घटनास्थलमा पुगेर ठेकेदारको लापरबाहीले घटना भएको भन्दै पीडित परिवारलाई क्षतिपूर्ति र अलपत्र पुल निर्माणको काम चाँडै सक्न पहल थाल्ने आश्वासन दिएका थिए ।

 

राउतको नेतृत्वको मधेस सरकार ५ बर्स टिकेको तर अहिलेसम्म पुल नबनेको सहनीको गुनासो छ ।पप्पुको लापरवाहीले वर्षेनी स्थानियले ज्यान गुमाउनु परेता पनि निमार्ण पुरा गर्न कसैले चासो नदेखाएको स्थानियको गुनासो छ । ७ वटा पिल्लर सहित कुल २ सय २५ मिटर लम्बाइ, ७।२ मिटर चौडाइको रहेको सो पुल समयमै निमार्ण सम्पन्न गरेर आलटाल गर्ने पप्पु कन्ट्रसन र त्यसका संचालक रौनियारलाई कारवाही गर्नुपर्नेमा सरकारले पप्पु कन्स्ट्रक्सनलाई सरकारबाट उल्टै संरक्षण गरेर देशैभर दर्जनौं आयोजनाको ठेक्का दिएर मान संम्मान दिएको प्रति आक्रोश व्यक्त गर्दै सहनीले सरकारले पप्पु कन्ट्रसनको नाममा रहेको देश भरको सबै ठेक्का रद्ध गर्नुपर्ने माग गरे ।

 

उक्त पुलको निमार्ण समय सम्पन्न नभएपछि पूर्व प्रधानमन्त्री तथा सोही क्षेत्रका सासंद माधव कुमार नेपाल , तत्कालीन भौतिक पूर्वाधारमन्त्रीहरु रघुवीर महासेठ, वसन्त नेम्वाङ, रेणु यादव, विकास समिती सभापति कल्याणी खड्का, पूर्व मन्त्री प्रभु साह लगायत दर्जनौ नेता तथा मन्त्रीहरु अलपत्र पुल हेर्न टिकुलिया पुगेर समयमा निमार्ण सम्पन्न हुने आश्वसन दिएपनि काम नभएपछि स्थानीयहरु नेताहरु देखिनै दिक्दार भएका छन् ।

 

सरकारका मन्त्री र सासंदलगायतले अलपत्र पुल हेर्ने अनि चाँडै निर्माणको काम थाल्न पहल गर्छु भनेर हिँड्ने तर पुलको कामभने जस्ताको तस्तै हुने, नागरिकले दुःख पाइरहने अवस्था देखेर दिक्क लागे पछि आफु आमरण अनसशन बसेको सहनीको भनाइ छ । उनले सो पुल निर्माणका लागि ३ तहको सरकारबाट ठोस प्रतिबद्धता नआउन्जेल सम्म आफ्नो अनशन जारी राख्ने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस