आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वडा स्तरी योजना बाट अमलेखगञ्जमा लोकसेवा तयारी कक्षा सुरु

एपी खबर २०७९ फागुन ३, बुधबार (१ साल अघि) १८९ पाठक संख्या

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका २१ स्थित अमलेखगञ्जमा वडा स्तरीय योजना बाट बुधबारदेखि लोकसेवा तयारी कक्षा सुरु भएको छ ।नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय अमलेखगञ्जमा सुरु भएको लोकसेवा तयारी कक्षाको वडाध्यक्ष सुवास श्रेष्ठले शुभारम्भ गरेका छन् ।

 

तयारी कक्षाको शुभारम्भ गर्दै वडाध्यक्ष श्रेष्ठले लोकसेवा तयारी कक्षाको मद्दतबाट युवाहरूलाई सरकारी सेवामा प्रवेश गराउन सके आफुले ठूलो उपलब्धिका रुपमा लिने बताए । उनले आफ्नो कार्यकालमा तयारी कक्षालाई निरन्तरता दिने बताए ।त्यस्तै उहाँले अमलेखगञ्जमा संचालन भएको लोकसेवा तयारी कक्षामा सहभागी हुन् अनुरोध समेत गरेको छ ।

 

कार्यक्रममा प्रशिक्षक सिद्धार्थ चौधरीले तयारी कक्षाको विषयमा सहभागीलाई जानकारी गराएका थिए । कार्यक्रममा कार्यपालिका सदस्य सुकुमाया कुमारी, प्रध्यानाध्यापक प्रवीण काफ्ले, वडासदस्य बद्रीनारायण साह, जमुना गौतम र सीता विक, वडासचीव जीवनकुमार क्षेत्रीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस