आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरा उपमहानगरपालिका वडा न ३ द्वारा किसानलाई चैते धानको बिउ वितरण

अखिलेश कुमार यादव २०७९ फागुन ४, बिहिबार (१ साल अघि) २२० पाठक संख्या

सिमरा :बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ३ ले आफ्नो वडा भित्र रहेको किसानलाई चैते धानको बिउ बितरण गर्ने कार्यक्रम अगाडी बढाएको छ ।

 

वडा न ३ को वडा ०७९/०८० को स्तरीय योजना बाट वडा भित्र रहेको सबै किसानलाई हर्दिनाथ चैते धानको बिउ वितरण गरिको हो । आर्थिक बन्दि छाएको बेला जनता संग पैसाको अभाव भएकोलाई मध्य नजर गर्दै वडा न ३ को वडा स्तरीय योजना बाट धानको बिउ लगाएत आगामी दिनमा मल पनि उपलब्ध गराउने वडा न ३ को वडाध्यक्ष तारा बहादुर कार्कीले बताउनु भएको छ ।

 

त्यस्तै अध्यक्ष कार्कीले वडाले बितरण गरिरहेको धानको बिउ ल्याउन आउदा आफ्नो खेतको लालपूर्जाको प्रतिलिपि र नागरिकताको प्रतिलिपि लिएर आउन उहाँले वडा बासीलाई अनुरोध समेत गरेको छ । वडाले ६५ रुपैयाँ प्रति केजी बिउ बिजन कार्यालय बाट पहिलो चरणमा १५७० केजी चैते धानको बिउ खरिद गरेर ल्याएको वडा सचिव अनिल पासवानले बताउनु भयो । बिउ लिन बाँकी रहेको किसानले वडा कार्यालयमा आएर धानको बिउ लैजाने सचिव पासवानले बताए ।

 

आउदो दिनमा वडा स्तरीय बैठक बाट नै निर्णय गरेर वडा स्तरीय योजनामा नै मल लगाएत किसानलाई बिउ समेत आगामी दिनमा यसरि नै उपलब्ध गराउदै जाने वडा अध्यक्ष तारा बहादुर कार्की क्षेत्रीले प्रतिबद्धता जनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस