आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

उपराष्ट्रपति पुनलाई सिमरा विमानस्थलमा भब्य स्वागत

अखिलेश कुमार यादव २०७९ फागुन ५, शुक्रबार (१ साल अघि) १८७ पाठक संख्या

सिमरा: उपराष्ट्रपति नन्दबहादुर पुनलाई आज सिमरा बिमानस्थलमा भब्य स्वागत गरिएको छ।

 

रौतहट जिल्लाको मौलापुर नगरपालिकाले आयोजना गरेको मधानी महायज्ञको उद्घाटन गर्न उपराष्ट्रपति नन्दबहादुर पुन काठमाडौ बाट सिमरा बिमानस्थल आएको र सिमरा बाट रौतहटको मौलापुर गएको आम जनता पार्टी बाराको अध्यक्ष उमेश कुशवहाले जनाएको छ।

 

उपराष्ट्रपति पुन सिमरा बिमानस्थल आउनु भन्दा पहिला नै सिमरामा सुरक्षा ब्यवस्था कडा पारिएको थियो।उपराष्ट्रपति पुनलाई सिमरा बिमानस्थलमा आम जनता पार्टिको बारा जिल्ला अध्यक्ष उमेश कुशवाहा, पर्सा जिल्ला अध्यक्ष बाबुराम कौशिक,कटहरिया नगरपालिकाको पूर्व नगरप्रमुख सियाराम कुशवाहा लगाएतले स्वागत गरेको थियो।

 

उपराष्ट्रपति पुन आजै उद्घाटन कार्यक्रम सकाएर ४ बजे सिमरा फर्किने र भोलि बिहान ७ बजे काठमाडौं जाने कार्यक्रम रहेको जनकारी प्राप्त भएको छ।

प्रतिक्रिया दिनुहोस