आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राष्ट्र कल्याण र विश्व शान्तिको लागि महाशिवरात्री पर्व प्रवचन कार्यक्रम सम्पन्न

अखिलेश कुमार यादव २०७९ फागुन ६, शनिबार (१ साल अघि) २३३ पाठक संख्या

सिमरा :ब्रह्माकुमारी राजयोग सेवा केन्द्र सिमराको आयोजनामा राष्ट्र कल्याण र विश्व शान्तिको लागि महाशिवरात्री पर्वको अवसरमा प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।

 

सिमरा स्थित होटेल क्लासिक प्लाजामा आयोजना गरिएको राष्ट्र कल्याण र विश्व शान्तिको लागि महाशिवरात्री प्रवचन कार्यक्रमको संचालन परमेश्वर भाईजिले गर्नु भएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै बारा क्षेत्र न ४ को क को प्रदेश सभा सदस्य देवनारायण चौधरीले महाशिवरात्री पर्वलप अवसर पारेर ब्रह्माकुमारी राजयोग सेवा केन्द्र सिमराले आयोजना गरेको प्रवचन कार्यक्रमले समाजमा निकै नै राम्रो संदेश दिने उहाँले बताउनु भयो ।

शिवरात्री पर्व भोलेशंकर बाबाको एउटा ठूलो पर्व रहेकोले यसलाई भाङ्ग धतुर जस्ता नसालु पदार्थ शिवजीले खाने गरेकोले त्यस्तै गरेर आफुहरुले पनि शिवरात्री पर्व मनाउनु पर्ने आवस्यक न रहेको उहाँले बताउनु भयो ।त्यस्तै उहाँले आफुले प्रदेशसभाको हैसियतले ब्रह्माकुमारी राजयोग सेवा केन्द्र सिमरालाई सहयोग गर्ने प्रतिबद्धता उहाँले जाहेर गर्नु भयो ।

त्यस्तै कार्यक्रममा शुभकामना मन्तब्य राख्दै पूर्व प्रदेश सभा सदस्य सुन्दर बिश्वकर्माले आफु प्रदेश सभा सदस्य हुदाँ ब्रह्माकुमारी राजयोग सेवा केन्द्र सिमरालाई २ लाख र ८ लह आफ्नो प्रदेश सभा सदस्य कोष बाट भवन निर्माणको लागि सहयोग गरेको उहाँले बताउनु भयो ।एका तिर शिवरात्री पर्वको बेलामा मेला लाग्ने र अर्को तिर मदिरा पसल खुल्ला राख्नेले समाजमा नकारात्मक असर पर्ने पूर्व प्रदेश सभा सदस्य बिकले बताए ।

राष्ट्र कल्याण र विश्व शान्तिको लागि महाशिवरात्री पर्व प्रवचन कार्यक्रममा बारा,पर्सा,रौतहटको ब्रह्माराजकुमारी संचालिका,बाराको प्रमुख जिल्ला अधिकारि नवराज सापकोटा,नगर उधोग बाणिज्य संघ जीतपुरको अध्यक्ष मोहन शर्मा लामिछाने,पूर्व प्रदेश सभा सदस्य सिता गुरुङ्ग,नेकपा माओवादी केन्द्र बारा जिल्ला इन्चार्ज अनिल श्रेष्ठ लगाएत अन्य जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस