आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राष्ट्र कल्याण र विश्व शान्तिको लागि जीतपुरमा शान्ति पद यात्रा

एपी खबर २०७९ फागुन ७, आईतबार (१ साल अघि) १८७ पाठक संख्या

सिमरा : ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र जीतपुरको आयोजनामा राष्ट्र कल्याण र विश्व शान्तिको लागि महाशिवरात्री पर्वको अवसरमा शान्ति पद यात्रा निकालिएको छ ।

 

जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ को वडा अध्यक्ष सुनिल कुमार गुप्ता र वडा न ५ को वडा अध्यक्ष दिपेन्द्र चौधरीले ५ जना कुमारी कन्यालाई कलस दिएर शान्ति पद यात्राको सुरुवात गर्नु भएको थियो ।

 

ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र जीतपुरको भवन बाट निस्केको शान्ति पद यात्रा नगर परिक्रमा गरेर श्री फकिरा गिरि राजेश्वर गिरि माध्यमिक बिद्यालयमा संचालन हुने कार्यक्रमा पुगेर शान्ति पद यात्राको समापन भएको हो ।

 

जीतपुरमा शान्तिको लागि निकालिएको पदयात्राको फोटो 

प्रतिक्रिया दिनुहोस