आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रजातन्त्र दिवसको अवसरमा प्रसौनी गाउँपालिका द्वारा ल्यापटप र साइकल वितरण

एपी खबर २०७९ फागुन ७, आईतबार (१ साल अघि) १७४ पाठक संख्या

सिमरा : बारा जिल्लाको प्रसौनी गाउँपालिकाले बिभिन्न कार्यक्रमको आयोजना गरेर राष्ट्रिय प्रजातन्त्र दिवस मनाएको छ । प्रसौनी गाउँपालिकाको कार्यालय परिसर भित्र आयोजित कार्यक्रममा गाउँपालिकाको अध्यक्ष बिनोद प्रसाद जयसवालले कार्यक्रमलाई सम्बोधन गर्दै देशमा प्रजातन्त्र ल्याउने क्रममा सहिद भएका अज्ञात ज्ञात सहिदहरु प्रति श्रधाञ्जलि व्यक्त गर्नुको साथै उहाँले प्रजातन्त्र दिवसको शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।

 

प्रसौनी गाउँपालिकाले आफ्नो गाउँपालिका भित्र एसईई मा उत्कृष्ट गर्ने २ जनालाई साईकल तथा जनही २५/२५ हजार नगद बितरण गरेका छन । कक्षा ८ को परिक्षामा उत्कृष्ट भएका १० बिद्यार्थीहरुलाई साईकल र जनही नगद रु ५ हजार बितरण गरेका छन ।त्यस्तै ३३ जना महिला स्वास्थ्य स्वंसेविकाहरुलाई सुचना आदानप्रदान गर्न सहज होस भनेर सबैलाई मोबाइल र नगद २ हजार प्रदान गरेका छन ।

 

कक्षा ११ का एक छात्रा र एक छात्रलाई एक एक ओटा ल्यापटप समेत अध्यक्ष जयस्वालले बितरण गरेका छन ।बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गाउपालिका उपाध्यक्ष किरण देबि, सुरक्षा निकायका प्रमुखहरु,जनप्रतिनिधिहरु,कर्मचारीहरुको उपस्थिति रहेको थियो । स्वास्थ्य शाखा प्रमुख सुरेस साहले सन्चालन गरेको कार्यक्रममा स्वागत प्रमुख प्रशासकिय अधिकृत उदय प्रसाद चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस