आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शिव अवतरण एवं आध्यात्मिक सशक्तिकरणको महापर्व महाशिवरात्री प्रवचन समारोह सम्पन्न

AuthorAP Khabar२०७९ फागुन ७, आईतबार (१ साल अघि) १९१ पाठक संख्या

सिमरा : जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ जीतपुरमा ८७ औं त्रिमुर्ती शिवाज्यन्तिको अवसरमा आयोजित शिव अवतरण एवं आध्यात्मिक सशक्तिकरणको महापर्व महाशिवरात्री प्रवचन समारोह सम्पन्न भएको छ ।

जीतपुरमा रहेको श्री फकिरा गिरि राजेश्वर गिरि माध्यमिक बिद्यालयको प्राङ्गनमा आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि,बिशिष्ट अतिथि लगाएत अतिथिहरुले पानसमा बती बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

ब्रह्माकुमारी राजयोग उप-सेवा केन्द्र जीतपुरले आयोजना गरेको शिव अवतरण एवं आध्यात्मिक सशक्तिकरणको महापर्व महाशिवरात्री प्रवचन समारोह कार्यक्रमा बोल्दै प्रमुख अतिथि देवनारायण चौधरीले ,अहिले पनि भगवान हाम्रो लागि जिवितै रहेको र हामीले गरिरहेको राम्रा र नराम्रा काम सबै भगवान्ले हेरिरहेको बताउनु भयो । शिवरात्री पर्व हामीले किन मनाउछौ र किन मनाउनु पर्छ भन्ने बारे हामिएल आजको कार्यक्रममा जानकारी पाएर निकै नै हर्षित भएको प्रदेश सभा सदस्य देव नारायण चौधरीले बताउनु भयो । त्यस्तै उहाँले आफु प्रदेश सभाको हैसियतले आफ्नो क्षेत्र भित्र संचालनमा रहेको सबै राजयोग सेवा,उपसेवा केन्द्रमा सहोग गर्ने बताउनु भयो । ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले आयोजना गर्ने हरेक कार्यक्रम बाट सबैले नयाँ नयाँ कुरा सिक्ने गरेको समेत उहाँले बताउनु भयो ।

महाशिवरात्री पर्व किन मनाउनु पर्छ र हामीले किन मंईरहेको छौ भन्ने बारे गुणराज भाईजीले प्रकाश पार्नु भएको थियो । ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले आयोजना गर्दै आईरहेको सबै कार्यक्रममा हामीले आफ्नो शरीरलाई कसरि शान्ति प्रदान गर्न सक्छौ र हामीले दैनिकी जीवनमा के कस्ता काम गरे स्वर्गको अनुभूति प्राप्त गर्छौं कार्यक्रमको बिशिस्ट अतिथि समेत रहनु भएको वडा अध्यक्ष सुनिल गुप्ताले बताउनु भयो ।

८७ औं त्रिमुर्ती शिवाज्यन्तिको अवसरमा आयोजित शिव अवतरण एवं आध्यात्मिक सशक्तिकरणको महापर्व महाशिवरात्री प्रवचन समारोह कार्यक्रमा पूर्व प्रदेश सभा सदस्य सुन्दर बिश्वकर्मा,वडा न ७ को वडा सदस्य सिता उप्रेती, फकिरा गिरि राजेश्वर गिरि माविको प्रअ राजु सिंह,पुस्तक व्यवसायी श्रवन गुप्ता,नगर उधोग बाणिज्य संघको अध्यक्ष मोहन शर्मा,पत्रकार अनिल तिवारी , ब्रह्माकुमारी राजयोग सेवा केन्द्र जेतापुरको संचालिका रेणु दिदि, बिरगंज ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको संचालिका रबिना दिदि लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस