आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भन्सार छलीको सामान बोकेको आशंकामा वीरगञ्जबाट ट्रक र ट्याक्टर प्रहरीको नियन्त्रण

एपी खबर २०७९ फागुन ८, सोमबार (१ साल अघि) १३४ पाठक संख्या

वीरगञ्ज । भन्सार छलीको सामान बोकेको आशंकामा वीरगञ्जबाट ट्रक र ट्याक्टर पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ  । वीरगञ्ज महानगरपालिका वडा नं.२५ सिर्सियास्थित सडकखण्डबाट ना ५ ख ५४९४ ट्याक्टर र ना ३ ख १०२४ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।

 

बिल विजक भन्दा बढी स्टेशनरी तथा खुद्रा सामान बोकेको ट्रक र ट्याक्टर वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको छ भन्ने सूचनाको आधारमा ट्रक र ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।फागुन ५ गते नियन्त्रणमा लिएको सामान सहितको ट्रक र ट्याक्टर सोमबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।बरामद गरिएको सामान सहितको ट्रक र ट्याक्टरको मुल्य अन्दाजी ९२ लाख ४८ हजार ८ सय २२ कायम गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस