आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चन्द्रनगरको प्रशासकिय भवनको अध्यक्ष महतोले गरे शिलान्यास

AuthorAP Khabar२०७९ फागुन २०, शनिबार (१ साल अघि) १४५ पाठक संख्या

सर्लाही, । सर्लाहीको चन्द्रनगर गाउँपालिकाको प्रशासकीय भवन निर्माण हुने भएको छ । शुक्रवारका दिन चन्द्रनगर गाउँपालिका वार्ड न. ५ स्थित नाढीमनमा गाउँपालिका अध्यक्ष राजकुमार महतोको नेतृत्वमा सम्पुर्ण जनप्रतिनिधिहरुले सामुहिक रुपमा प्रशासकीय भवनको शिलान्यास गरेका हुन ।

 

 

भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष महतोले चुनावको समयमा जनतासंग गरेको वाचा पुरा गरेको बताए । नाढीमन क्षेत्र चन्द्रशमशेर राणाको नामले चिनिने भएको हुदाँ पुरानै मोेडेलमा मौलिक शैलिमा आधुनिक तरिकाबाट गाउँपालिकाको भवन निर्माण हुने उहाँको भनाई थियो ।

 

स्थानिय विकास पुर्वाधार विभाग, काठमाडौंमा पहल गरी ११ करोड ५० लाखको प्रस्ताव पेश गरेको छु, उहाँले भने । जसमध्ये पुर्वाधार कार्यालयले ६० प्रतिशत रकम उपलब्ध गराएको छ, भने बाँकी स्थानिय सरकारले लगानी गर्नेछ ।
तत्काल गाउँपालिकाले भवन निर्माण कार्य अघि बढाउन १ करोड बजेट विनियोजन गरेको छु , उहाँले भने ।
बाँकी बजेट केन्द्रिय सरकार मातहातका कार्यालयबाट ल्याई तिब्र गतिमा निर्माण कार्य अगाडी बढाउने उहाँले प्रतिबद्धता समेत व्यक्त गरे ।

 

 

विकास निर्माण कार्यलाई आफुले पहिलो प्राथमिकता दिएको कारण स्थानियवासीले आफुलाई साथ र सहयोग गरे जिल्लामै नमुना गाउँपालिकाको रुपमा विकास गरिने उहाँले दाबी गरे ।

 

 

नाढीमन तालको पुन निर्माणका लागि अतिक्रमित क्षेत्र खाली गर्न र गराउन सबै नागरिकको दायित्व रहेका छन, उहाँले भने । भवन निर्माणमा सहयोग गर्न व्यपारीहरुलाई आग्रह गर्दै उहाँले अनाधिकृत रुपमा निर्माण गरेका घर टहरा हटाउन अनुरोध समेत गरे ।

 

चन्द्रनगर गाउँपालिकामा रहेको जिल्लाको एकमात्र प्राकृतिक ताल नाढीमन क्षेत्र सयौं वर्ष पुरानो धार्मिक, संस्कृतिक तथा ऐतिहासिक बोकेको क्षेत्र रहेको हो ।
पहिला यसको क्षेत्रफल ठुलो थियो तर हालमा सो क्षेत्र अतिक्रमित रहेका छन ।

 

स्थानिय सरकारले नाढीमन तालको संरक्षण तथा मौलिक रुपमा पुःन निर्माण गर्न तयार गरिने भएको हुदाँ १० करोडको डिपिआर बनाइ राष्ट्रिय योजना आयोगमा समपुरक अनुदानमा पेश गरिसकेको चन्द्रनगर गाउँपालिकाले जनाएको छ ।
यो योजना पहिलो प्राथमिकतामा राखिएको हुदाँ नाढीमन तालको विकास हुने अध्यक्ष महतोले दाबी गरे ।
नाढीमन तालको पुःन निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढनुको साथै स्थानिय स्तरमा व्यवसाय फस्टयाई रोजगारी समेत सृजना हुने उहाँको विश्वास थियो ।

 

चन्द्रनगर गाउँपालिकाको आफनो प्रशासनिक भवन नहुदाँ थप निजि कोठाहरु समेत भाडामा लिएर साँघुरो ठाउँहरुमा प्रशासनिक कार्यहरु संचालन हुदै आएको प्रमुख प्रशासकिय अधिकृत मदन बहादुर थिंग ले जानकारी दिए ।
अब भवनको निर्माण कार्य सके लगत्तै आफ्नै भवनमा प्रशासनिक कार्य संचालन गरिने छ । उहाँले भने । आफनो सुविधा सम्पन्न भवन निर्माण हुनेभएपछि सेवाग्राहीलाई सहज र सुलभ रुपमा सेवा प्राप्त हुने उहाँको भनाई थियो ।

 

भवन शिलान्यास कार्यक्रममा चन्द्रनगर गाउँपालिकाका उपाध्यक्ष, वडा नं १ देखि ७ सम्मका जनप्रतिनिधिहरु, निवर्तमान जनप्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, नागरिक समाजका अगुवा, कर्मचारीहरु लगायत स्थानीयहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस