आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सिरहाबाट करिब ३४ लाख बराबरको लत्ता कपडा प्रहरीको नियन्त्रणमा

एपी खबर २०७९ चैत्र २८, मंगलबार (१ साल अघि) ११८ पाठक संख्या

सिरहा– सशस्त्र प्रहरीले सिरहाबाट करिब ३४ लाख बराबरको लत्ता कपडा नियन्त्रणमा लिएको छ। साथै, एउटा ट्रक पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सिरहाको लहान नगरपालिका–२ स्थित लहान बजारबाट मंगलबार सशस्त्र प्रहरीले ३३ लाख ७० हजार ६ सय रुपैयाँ बराबरको मिनि ट्रक र लत्ताकपडा नियन्त्रणमा लिएको हो।

 

भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको लत्ताकपडासहितको ट्रक सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस लहान र प्रस्तावित सीमा सुरक्षा गुल्म ईनर्वाले नियन्त्रणमा लिएको सहायक प्रवक्ता, सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले बताए।

 

गस्तीमा रहेको सशस्त्र प्रहरीले प्र. २–०१ ००१ ख ०२९८ नम्बरको मिनि ट्रक रोकी जाँच गर्न खोज्दा ट्रक चालक ट्रक रोक्ने वित्तिकै फरार भएका थिए। नियन्त्रणमा लिइएको ट्रक र लत्ताकपडा स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ।

प्रतिक्रिया दिनुहोस