आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

महोत्तरीमा एक ठेकेदारले मजदुरलाई बाँधेर गरे निर्घात कुटपिट

एपी खबर २०७९ चैत्र २९, बुधबार (१ साल अघि) ९६ पाठक संख्या

महोत्तरी । महोत्तरीको लोहारपट्टी नगरपालिका- ६ का एक ठेकेदारले मजदुरलाई बाँधेर निर्घात कुटपिट गरी कालोमोसो दलेर अमानवीय व्यवहार गरेको घटना सार्वजनिक भएको छ ।रमजान मनाउन मजदुरी गरेको पैसा मागेपछि ठेकेदार कृष्ण मिश्रले मजदुर मोबारक नदाफलाई अमानवीय व्यवहार गरेका हुन् । काम गरेको पैसा दिन्छु भनेर बोलाएर मजदुर नदाफलाई बांधेर निर्घात कुटपिट गरे र पछि बासमा बाँधेर कालोमोसो दलेका थिए ।

 

 

बांधेर राखेको थाहा पाएपछि पुगेको प्रहरीले नदाफलाई उद्धार गरेका थिए । काम गरेको पैसा मागेपछि चोरीको आरोप लगाएर चैत्र २३ गते नदाफमाथि ठेकेदार मिश्रले अमानवीय व्यवहार गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलिप कुमार गिरीले जानकारी दिए ।

 

उनका अनुसार घटनाको विहानपल्टै अमानवीय व्यवहार गरेका ठेकेदार मिश्र पक्राउ परिसकेका छन् । उनीमाथि अमानवीय व्यवहार गरेको कसुरमा मुद्दा चलाइसकेको उनले बताए ।ठेकेदारले नदाफलाई औजार लिएर आउन भनेका थिए । नदाफ पुगेपछि आफ्नो औजार चोरेको भन्दै ठेकेदार मिश्र कुटपिट गरे र पछि कालोमोसो दलेर बाँधेर बन्धक बनाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस