आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

४ दिनदेखि बन्द कृषी सम्बन्धि पसलहरु खोलाउन नगर प्रमुख र उपप्रमुखलाई आग्रह

एपी खबर २०७९ चैत्र २९, बुधबार (१ साल अघि) १३५ पाठक संख्या

जीतपुर: बिउ बिजन, मलखाद्य तथा कृषी सम्बन्धि ब्यवसाय गर्ने ब्यवसायीहरुले नगर प्रमुख तथा उपप्रमुखसंग सहज रुपमा ब्यवसाय संचालन गर्न माग गरेका छन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिका भित्र रहेको यी ब्यवसायीहरु लाई पछिलो समय राजश्व र प्रहरीले दुःख दिन थालेको भन्दै सहज रुपमा ब्यवसाय संचालन गर्ने वातावरण मिलाई दिन यहाँका नगर प्रमुख र उपप्रमुख संग माग गरेका हुन् ।

 

कृषकहरुलाई मलखाद्य पुरयाउन नसक्ने राज्यले आफुहरु संग भएको मलखाद्यलाई अबैधानिक भनेर आफ्नो पसलमा छापा मारेर ब्यवसाय नै संचालन गर्न नदिनै वातावरण सृजना भएको आफुहरु यस उपमहानगरपालिकामा आफ्नो समस्या लिएर आएको संघर्ष समितिका संयोजक नारायण प्रसाद लामिछानेले जानकारी दिनुभयो ।

 

प्रहरी र राजश्व कार्यालय पथलैयाको त्रासका कारण विगत ४ दिन देखि जीतपुरसिमरा भित्र रहेको बिउ बिजन, मलखाद्य तथा कृषी सम्बन्धि ब्यवसायहरु बन्द छन् । सरकारले कृषकको माग अनुसार मल पु¥याउन नसकेको अवस्थामा बोडर भएर जीतपुरसिमरासंग संगै देशको कुना कुनामा पुग्दै आएको भारतीय मललाई पनि अबैधानिक भनेर आफुहरुलाई दुःख दिएको ब्यवासयीहरुको भनाई छ ।हाम्रो किसान वर्षैदेखि भारतीय मलको साहारा मै खेती गर्दै आएको तर हाल आएर यहाँका प्रशासनले कृषकलाई खेती नगर्न बाध्य बनाएको समेत ब्यवसायीहरुले बताएका छन् ।

 

यता जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले ब्यवसायीको समस्या आफुलाई थाहा भएपनि आफु केहि गर्ने नसकेको बताउनुभएको छ । राज्यले सहज रुपमा आपुर्ती गर्न नसकेको कृषिमलका ब्यवसायीलाई सहज ब्यवसाय गर्न आफुले सम्बन्धित निकायसंग आग्रह गरेपनि लागु हुन नसकेको तर आफ्नो प्रयास जारी रहेको बताउनुभयो ।

 

त्यसैगरी नगर उपप्रमुख भोला अधिकारीले कृषकको समस्याका बारेमा नगरपालिकाले आवश्यक पहल गर्न बताउनुभयो । उहाँले कृषि प्रयोजनका लागि ल्याइएको मललाई कसैले अवरोध गर्न नहुने र त्यसो भए आफुहरु सम्बन्धित निकायसंग सहजीकरण गर्न पछि नपर्ने जानकारी दिनुभयो ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल कुमार गुप्ताको अगुवाईमा गएका बिउ बिजन, मलखाद्य तथा कृषी सम्बन्धि ब्यवसायीहरुले ४ दिन बन्द रहेको पसल संचालन गर्ने वातावरण सृजना गर्न माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस