आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सप्तरीमा एटिएमबाट पैसा ननिस्किँदा बुथको ढोकामा तोडफोड गर्ने दुई जना पक्राउ

एपी खबर २०८० बैशाख १, शुक्रबार (१ साल अघि) १०५ पाठक संख्या

सप्तरी – सप्तरीमा एटिएमबाट पैसा ननिस्किँदा बुथको ढोकामा तोडफोड गर्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा अग्निसाइर कृष्णसवरण गाउँपालिका- २ बस्ने ३८ वर्षीय सुबासकुमार चौधरी र २५ वर्षीय निराजन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

 

बिहीबार साँझ अग्निसाइर कृष्णसवरण- ६ महुली बजारस्थित‍ माच्छापुछ्रे बैकको एटीएमबाट पैसा निकाल्न खोज्दा ननिस्किएपछि रिसले दुवै जनाले एटीएमको बुथको ढोकाको सिसा लात र हातले हानी फुटाइ रहेको अवस्थामा सेक्युरिटी गार्डले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस