आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हतियारसहित सागरनाथ वन परियोजनामा सिकार खेलिरहेका एक जना पक्राउ

एपी खबर २०८० बैशाख १, शुक्रबार (१ साल अघि) १०४ पाठक संख्या

महोत्तरी – हतियारसहित सागरनाथ वन परियोजनामा सिकार खेलिरहेका एक जना पक्राउ परेका छन् । भरुवा बन्दुकको प्रयोग गरी वनमा वन्यजन्तुको सिकार खेलिरहेका बर्दिबास-१४ बस्ने भीम भनिने गणेश बहादुर मगर पक्राउ परेका हुन् ।बिहीबार बेलुका केही व्यक्तिहरू सिकार गरिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले हतियार फ्याकेर भाग्दै गरेको अवस्थामा मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

 

पक्राउ परेका मगरले अर्को एक जना अविचन सदासमेत सग्लन भएको बयान दिएका छन् । प्रहरीले वन परिसरबाट झाडीमा लुकाइएको दुई थान भरुवा बन्दुक पनि फेला पारेको छ ।एउटा बन्दुकमा एक राउन्ड फायरिङ्ग गरेको अर्कोमा तयारी अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिलिप कुमार गिरिले जानकारी दिए ।तयारी अवस्थामा रहेको बन्दुकलाई प्रहरीले डिस्पोज गरेको छ भने हातहतियारमा प्रयोग हुने सामाग्रीसहित दुई नाल बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ ।पक्राउ परेका मगरलाई भने इलाका प्रहरी कार्यालय बर्दिबासमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस