आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ईश्वरपुरका सय परिवारलाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण

एपी खबर २०८० बैशाख १६, शनिबार (१ साल अघि) ८० पाठक संख्या

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–३ र ११ का एक सय परिवारलाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको छ । ईश्वरपुर–३ र ११ का एक सय परिवारले वर्षौंदेखि भोगचलन गर्दै आइरहेको सो गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको नगर प्रमुख मनोजकुमार आचार्यले जानकारी दिए ।

 

उनका अनुसार करिब एक सय ५० जनाको लालपुर्जा बनेकामा पहिलो चरणमा करिब एक सयलाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको हो । नगर प्रमुख आचार्यले वडा नं १० का गाउँब्लकवासीलाई पनि छिट्टै लालपुर्जा वितरण गरिने र भूमिहीनको लगत सङ्कलनका क्रममा विवरण लिइएका नगरभित्रका सात हजार दुई सय घरधुरीलाई समेत लालपुर्जा उपलब्ध गराउन पहल भइरहेको जानकारी दिए।

 

नापी कार्यालय मलङ्गवाका प्रमुख सञ्जय मानन्धर, नगर प्रमुख आचार्य, प्रमुख प्रशासकीय अधिकृत हीराकाजी श्रेष्ठ, विभिन्न वडाका वडाध्यक्ष लगायतको उपस्थितिमा गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको हो ।रासस

 

प्रतिक्रिया दिनुहोस