आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पाठेघर,नाक,कान र घाँटी सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न,१५० जनाले गराए उपचार

अखिलेश कुमार यादव २०८० बैशाख १६, शनिबार (१२ महिना अघि) १६० पाठक संख्या

बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो वडामा महिनामा २ पल्ट आयोजना गर्ने निःशुल्क स्वास्थ्य शिविर अन्तर्गत बैशाख महिनाको पहिलो शिविरमा निःशुल्क स्वास्थ्य शिविर शनिवार सम्पन्न भएको छ ।आर्थिक बर्ष २०७९÷८० को बजेट बाट वडा न ३ बजनिले फाल्गुन २६ गते देखि नै निःशुल्क स्वास्थ्य शिविर संचालनमा ल्याएको हो ।नाक कान घाँटी र पाठेघर सम्बन्धि चेक  शनिवार गरिएको हो ।वडा भित्र रहेका बृद्ध वृद्धा,गरिब,असहाय परिवारले रोगको जाँच गराउने बाट बन्चित हुदै आएको बेला वडाले स्वास्थ्य शिविरको आयोजना गरे पछि अब बिरगंज ,कलैया,काठमाडौँ जाने बाट छुटकारा भएको स्थानीयहरुले बताएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ३ बजनीले बिगत केहि दिन देखि आफ्नो वडा बासीको लागि बिभिन्न किसिमको प्याकेज ल्याएर वडा बासीलाई हर्षित गर्दै आईरहेको छ । किसानामुखी कार्य तत्काल बन्द भए पछि वडा न ३ बजनीले आफ्नो वडा बासीको लागि निःशुल्क स्वास्थ्य शिविर संचालनमा ल्याएर वडा बासीलाई हर्षित गरेका छन् ।

गरिब असहाय,अपाङ्ग,बृद्ध वृद्धाहरुले सजिलै संग आफ्नै वडा कार्यालयको स्वास्थ्य चौकीमा आएर रोगको उपचार गराउने उदेश्यले शनिवार बरिष्ट महिला रोग तथा पाठेघर एवं गाईनो रोग विशेषज्ञ चिकित्सक मंजु राय नाक कान घाँटी रोग विशेषज्ञ सुमन राउतले सेवा प्रदान गरेको छ।त्यस्तै जीतपुरसिमराकै मेडिकल अधिकृत नर्श ल्याब लगाएतको टोलीलाई बोलाएर हरेक महिनामा २ पटक निःशुल्क स्वास्थ्य शिविर संचालनमा ल्याएको र यो स्वास्थ्य शिविरमा चिकित्सकले लेखेको औषधि निःशुल्क रुपमा पाईरहेको जीतपुरसिमरा उपमहा नगरपालिकाको वडा न ३ को वडा अध्यक्ष तारा बहादुर कार्कीले बताउनु भयो ।

आउदो दिनमा शारीरिक रुपमा अशक्त भएका ब्यक्ति लागि घरमै चिकित्सक पठाएर  जाँच गराईने व्यवस्था मिलाउने समेत उहाँले बताउनु भयो ।शनिवार १० बजे देखि सुरु भएको स्वास्थ्य शिविरमा उपचार गराउन आएको बिरामीहरुको भिड बढेको थियो ।निःशुल्क स्वास्थ्य शिविरमा कान,आँख,नाक,घाँटी,चिनी रोग ,रुघा खोकी लगाएत महिलाहरुको पाठेघरमा भएको समस्या जस्ता रोगको निःशुल्क चेंक हुनुको साथ् साथै निःशुल्क रुपमा औषधि समेत उपलब्ध भए पछि वडा बासि निकै नै हर्षित भएको छ ।वडा न ३को बासिन्दाले चिनी रोग र प्रेसरको लागि आवशयक पर्ने औषधि समेत वडा बाट निःशुल्क रुपमा पाईरहेको वडा अध्यक्ष कार्कीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस