आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

धनुषाको हंसपुर नगरपालिकाको उपमेयर चढ्ने गाडीले किचिएर उनकै १४ महिने नातिनीको मृत्यु

एपी खबर २०८० बैशाख १७, आईतबार (१ साल अघि) ७७ पाठक संख्या

जनकपुरधाम – धनुषामा उपमेयर चढ्ने गाडीले किचिएर उनकै १४ महिने नातिनीको मृत्यु भएको छ। हंसपुर नगरपालिकाकी उपमेयर दुर्गा देवी मण्डल चढ्ने गाडीले किचिएर उनको आफ्नै नातिनीको मृत्यु भएको हो।

 

हंसपुर ९ रुदौली बस्ने रवीन्द्र मण्डलको १४ महिने छोरी लक्ष्मीनिया कुमारी मण्डलको उपमेयर चढ्ने बा १६ च ९२६ नम्बरको सोमुले किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमका अनुसार आइतबार दिउँसो आफ्नै घरमा गाडी ब्याक गर्ने क्रममा किचिएर बालिकाको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीले गाडी चालक र गाडीलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस