आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जसपा अध्यक्ष यादवलाई कलैयाका जनप्रतिनिधिले पहिर्‍याए चाँदीको मुकुट र दुई सय किलोको माला

अखिलेश कुमार यादव २०८० बैशाख १७, आईतबार (१ साल अघि) ७४ पाठक संख्या

बारा । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई कलैया उपमहानगरपालिकाका जनप्रतिनिधिहरूले चाँदीको मुकुट लगाएर सम्मान गरेका छन् ।बैशाख १० गते बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टी नेपालको अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनलाई चाँदीको मुकुट र दुई सय किलोको फूलको माला लगाएर सदरमुकाम कलैयामा सम्मान गरिएको हो ।

 

कलैया उपमहानगरपालिकामा जसपा पार्टी बाट निर्वाचित ६ जना वडा अध्यक्ष तथा २ जना कार्यपालिका सदस्यहरुले करण राज पार्टी प्यालेस्मा आयोजित बधाई तथा सम्मान कार्यक्रममा उपेन्द्र यादवले देशमा रहेका पिछडिएको समाजलाई बिकसित गर्ने अभिभारा आफुहरुको काधमा रहेको बताएका छन ।

 

अध्यक्ष यादवले चुनाव जितेपछि बारामा हात्तीसहितको जुलुस निकालिएको थियो । हात्तीमा मधेशका मुख्यमन्त्री सरोज यादव र अर्थमन्त्री सञ्जय यादव चढेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस