आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वडा अध्यक्ष कार्की द्वारा शिव मन्दिरको शिलान्याश

अखिलेश कुमार यादव २०८० बैशाख २०, बुधबार (१ साल अघि) १४४ पाठक संख्या

सिमरा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ३ को वडा अध्यक्ष तारा बहादुर कार्कीले बुधवार एक कार्यक्रमको बीच शिव मन्दिरको शिलान्याश गर्नु भएको छ ।वडा अध्यक्ष कार्कीले वडा न ३ को अशोक स्टीलको पछिम पर्ने गैरी टोलमा शिव मन्दिरको शिलान्याश गर्नु भएको छ ।

गैरी तोलाको स्थानीयले चन्दा संकलन गरेर शिव मन्दिर निर्माण गर्न लागेको छ ।शिव मन्दिर शिलान्याश कार्यक्रममा बोल्दै वडा अध्यक्ष कार्कीले स्थानीयहरूले चन्दा संकलन गरेर धार्मिक स्थल स्थापना गर्नु हिन्दु धर्मको लागि राम्रो संदेश रहेको बताउनु भएको थियो । त्यस्तै उहाँले शिलान्याश गरिएको शिव मन्दिरमा वडाको तर्फ बाट आउदो दिनमा सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

बिगत केहि महिना देखि जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ३ को वडा अध्यक्ष तारा बहादुर कार्कीले आफ्नो वडामा बिभिन्न किसिमको भौतिक संरचना,सडक नालाको शिलान्याश गर्दै आईरहनु भएको छ ।उक्त शिलान्याश कार्यक्रमा जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ३ को पूर्व वडाध्यक्ष जगरनाथ घिमिरे वडा न ५ को पूर्व वडा अध्यक्ष मोहित चौधरी वडा न ३ को वडा सचिव अनिल बिश्वकर्मा लगाएत गैरी टोलको स्थानीयहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस