आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

लघु उधम बिकाश अन्तर्गत बकुलियामा ३२ दिने एडभान्स गार्मेन्ट फेब्रिकेटर तालिम सुरु

अखिलेश कुमार यादव २०८० बैशाख २७, बुधबार (११ महिना अघि) १८० पाठक संख्या

सिमरा : समुदायमा आधारित रोजगारीको अवसर सृजना गर्ने उद्देश्यले जीतपुरसिमरा उपमहानगरपालिकाले गार्मेन्टमा व्यवसाय गर्दै आईरहेका लघु उधम महिलाहरुको स्तरोउन्नति गर्नको लागि ३२ दिने एडभान्स गार्मेन्ट फेब्रिकेटर तालिम आज देखि सञ्चालनमा ल्याएको छ ।

 

२०७९ को योजना अन्तर्गत जीतपुरसिमरा ५ बकुलिया भवानीपुरमा ३२ दिने एडभान्स गार्मेन्ट फेब्रिकेटर तालिम बैशाख २७ गते देखि जेठ २९ गते सम्म आजै उद्घाटन भएको बकुलिया साझा सुबिधा केन्द्र (उधम घर)मा संचालन हुने छ ।गरिबी निवारणको लागि लघु उधम बिकाश कार्यक्रम अन्तर्गत भईरहेको लघु उधमिहरुको स्तरोउन्नति तर्फ प्राबिधिक बिकाश तालिम अन्तर्गत उक्त तालिमको संचालन गरिएको उधम बिकाश शाखा जीतपुरको कर्मचारी दीपनारायण चौधरीले बताउनु भएको छ ।

तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्नु हुदैं जीतपुरसिमरा उपमहानगरपालिकाको नगरउपप्रमुख भोला अधिकारिले रोजगारीको अवसरबाट बिमुख भएका महिलाहरुलाई आयआर्जनमा जोड्नका लागि काम गरिरहेको बताउनुभएको छ । उहाँले तालिम लिने मात्र नभई सीपलाई आयआर्जनको पाटोमा जोड्नका लागि उपमहानगरले आवश्यक सहजीकरण गर्ने बताउनुहुँदै ज्ञानलाई उत्पादनसँग जोडेर काम गर्न सुझाव दिनुभएको छ । तालिममा सहभागीलाई आवश्यक उपकरण र कच्चा पदार्थका लागि उपमहानगरले सकेको व्यवस्थापन मिलाउने उहाँले विश्वास दिलाउनुभएको छ ।

गरिबी निवारणको लागि लघु उधम बिकाश कार्यक्रम अन्तर्गत सुरु भएको ३२ दिने एडभान्स गार्मेन्ट फेब्रिकेटर तालिममा १० जना लघु उधम महिला सहभागी भएको छ । उक्त तालिममा नगर उपप्रमुख भोला अधिकारि,वडा न ५ को वडा अध्यक्ष दिपेन्द्र चौधरी,पूर्व वडा अध्यक्ष मोहित चौधरी,एचएनए गार्मेन्ट को संचालक फारम अन्सारी,प्रशिक्षक आरती गौरव लगाएतले शुभकामना मन्तब्य राखेको थियो ।

 

बकुलिया साझा सुबिधा केन्द्र (उधम घर)को उपप्रमुख भोला अधिकारीले गरे उद्घाटन

 

जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ५ बकुलियामा बकुलिया साझा सुबिधा केन्द्र (उधम घर)को नगरउपप्रमुख भोला अधिकारीले उद्घाटन गर्नु भएको छ । बकुलिया लघु उधमी समूहको आयोजनामा उक्त साझा सुबिधा केन्द्र (उधम घर) निर्माण भएको छ । उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष दिपेन्द्र चौधरीले साझा सुबिधा केन्द्र (उधम घर)ले अब बकुलियामा कुनै किसिमको तालिम संचालन गर्नमा सहयोग पुग्ने बताउनु भयो । उक्त उद्घाटन कार्यक्रममा वडा न ५ को वडा सदस्य पुनम देवी चौधरी,बिमला शर्मा,इन्दल हजरा लगाएत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस