आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारामा नालाको पानीले बगाउँदा एक जना बालकको मृत्यु

एपी खबर २०८० श्रावण १४, आईतबार (९ महिना अघि) ११५ पाठक संख्या

बारा : बारामा नालाको पानीले बगाएर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सलार्हीको मलंगवा–२ घर भई निजगढ–८ शहीदचोकमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका रितेश साहका ११ महिनाका छोरा ऋषि साह रहेको प्रहरीले जनाएको छ ।

 

 

अविरल वर्षाको कारण नालामा पानीको बहाव बढेको बेलामा बालक खेल्ने क्रममा निजगढ–८ शहीदचोकस्थित पसल अगाडीको नालाभित्र पस्न पुगेको थिए र सोही क्रममा साहलाई नालाले बगाएको थियो ।

 

 

बालकलाई करिब तीन सय मिटरको दुरीमा रहेको प्रभु बैंक अगाडीबाट निकालिएको थियो । अचेत अवस्थानमा नालाबाट निकालिएका बालकलाई निजगढ ९ स्थित निजगढ सामुदायिक अस्पताल प्रसुती गृहमा पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।मृतक बालकको शव परीक्षको लागि कलैयास्थित प्रादेशिक अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस