आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाराको जमुनी नदिमा सिंचाईका लागि बाँध बनाउने काम अन्तिम चरणमा

अखिलेश कुमार यादव २०८० श्रावण १५, सोमबार (९ महिना अघि) ११४ पाठक संख्या

बारा: बारा जिल्लाको जमुनी नदीमा सिंचाईका लागि बाँध बनाउने काम अन्तिम चरणमा पुगेको छ ।आदर्श कोतवाल गाउँपालिकाअन्तर्गत चिम्टाही जमुनी नदीमा बाँध निर्माण भएपछि जिल्लाका करिब २५ गाउँमा सिंचाई सुविधा पुग्ने भएको छ । वर्षाको हाहाकार भैरहेको अवस्थामा बाँध निर्मान अन्तिम चरणमा पुगे पछि स्थानियहरुमा खुसियाली छाएको छ।

 

वर्षाको आसमा किसान निरासभएपछि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बाँध निर्माणका लागि पहल गरेका हुन् ।बाँध निर्माण कार्य तादरुकताका साथ गर्न मुख्यमन्त्री आफैँ निर्माणस्थलमा पुगेका थिए । मुख्यमन्त्री यादवले दुई तीन दिनभित्रमा सम्पन्न गर्नेगरी काम भइरहेको बताए । वर्षा नहुँदा बारासहित प्रदेशका अधिकांश जिल्लामा खडेरीको त्रास छ ।

 

यस्तोमा बाँध निर्माण हुँदा आफूहरूलाई राहत भएको स्थानीय किसानहरूको भनाइ छ । आकाशे पानी नपर्दा नदीको पानीले सिँचाई गर्न केहीहदसम्म किसानहरूलाई राहत हुने मुख्यमन्त्री यादवले बताए ।अहिले तराईको अधिकान्श ठाउँमा पानीको हाहाकार मचिएको छ।

प्रतिक्रिया दिनुहोस