आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मिथिला नगरपालिकाको १२ औं नगरसभा २७ जना कार्यपालिका सदस्यद्वारा बहिष्कार

एपी खबर २०८० श्रावण १६, मंगलबार (९ महिना अघि) ६५ पाठक संख्या

धनुषा: धनुषाको मिथिला नगरपालिकाको १२ औं नगरसभा २७ जना कार्यपालिका सदस्यले बहिष्कार गरेका छन् । निर्धिारित समयभन्दा एक महिना ढिलो गरी सोमबार ढल्केवरको कभर्ड हलमा भएको नगरसभामा उपमेयर र पाँच जना वडाअध्यक्षसहित २७ जना कार्यपालिका सदस्यले नगरसभा बहिष्कार गरेका हुन् ।

 

बष्हिकार गर्नेमा २५ जना नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु रहेका छन् भने बाँकी अन्य दलका छन् । उपमेयर सुनिता सिंह बुढाथोकीले वधि र प्रक्रिया अवलम्वन नगरी नगरसभाको आयोजना गरेकाले बहिष्कार गरेको बताइन् । “संघीय संविधानअनुसार नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुअघि कार्यपालिकाबाट पास गराएर नगरसभामा अनुमोदन गराउनुपर्ने प्रावधान छ । हामीले राजस्व बाँडफाँडका एजेण्डासहितका नीति तथा कार्यक्रमका विषयमा छलफल गर्न पटक–पटक भन्यौं । कार्यपालिका बैठक पनि राखिएन र कार्यपालिकालाई बेवास्त गरेर गयो”, उनले भनिन् । उनले भनिन् ‘म राजनीति गर्न यहाँ आएको होइन । विकास गर्न आएको हुँ तर मलाई अब राजनीति गर्न बाध्य पारिँदैछ ।

 

 

यता, नगरपालिकाका प्रवक्ता रामबहादुर स्याङ्गदनले बहुमतले नगरपालिकाको १२ औं नगरसभा सम्पन्न भएको बताएका छन् । कार्यपालिका सदस्यसमेत गरी ५८ जना निर्वाचित जनप्रतिनिधिमध्ये ३१ जनाको उपस्थिति रहेको उनको दाबी छ ।

 

 

सोमबार सम्पन्न मिथिला नगरपालिकाको नगरसभामा आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम पेश गरेपनि बजेट प्रस्तुत गरिएन् । आर्थिक वर्ष २०८०÷०८१ बजेट आन्तरिक तयारी पुरा नभएकोले सभामा बजेट प्रस्तुत नगरिएको नगरपालिकाका एक जना कर्मचारीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस