आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वीरगञ्जको नगवामा एक युवकको शव फेला

एपी खबर २०८० श्रावण १७, बुधबार (९ महिना अघि) ७१ पाठक संख्या

वीरगञ्ज । वीरगञ्जको नगवामा एक जना युवकको शव फेला परेको छ । नगवाको बाईपास रोड नजिकै रहेको नेपाल खानेपानी संस्थानको पश्चिमतर्फ सडक किनारामा नगवाको नयाँ बस्ती बस्ने ३० वर्षीय नजिम मियाँको शब फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनकारी दिएको छ ।

 

बुधवार बिहान उक्त स्थानमा शब देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मृतक नजिमले मादक पदार्थ सेवन गरेकोले लडेर मृत्यु भएको हुन् सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ । मृतकको शब पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस