आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वडाध्यक्ष कार्की द्वारा घरको जस्ता मर्मत गर्न आर्थिक सहयोग

एपी खबर २०८० श्रावण १९, शुक्रबार (९ महिना अघि) १३३ पाठक संख्या
नेपाल सरकारले उपलब्ध गराएको तलब र भत्ता बाट वडा अध्यक्ष तारा बहादुर कार्कीले जस्ता मर्मत गर्नको लागि कलावति देविलाई रकम सहयोग गर्नु भएको छ ।बर्षाको समयमा घर भित्र शरीर जता ततै लुकाएर बसिरहेका कलावतीका परिवार अब सहयोग पाए संगै खुशी व्यक्त गरेका छन् ।दिनभरी अरुको खेतमा काम गरेर आफ्नो जीविकोपार्जन गरिरहेका कलावती देविले वडाअध्यक्ष कार्कीले घरको जस्ता मर्मतको लागि सहयोग गरेकामा उनले वडा अध्यक्षलाई धन्यावाद समेत ज्ञापन गरेका छन् ।
आफु निर्वाचित भए देखि नै जनताको दुख र सुखमा साथ् दिदै आएको कलावती देविको समस्या सुने पछि आफुले आफ्नो तलब भत्ता बाट तत्काल ५ हजार सहयोग गरेको वडा अध्यक्ष कार्कीले बताए ।आउदो दिनमा ५ हजारले उहाँको घर निर्माण न भएको खण्डमा वडा बाट ठप्प सहयोग गर्ने र कलावतिको घर बनाउनको लागि सबैलाई सहयोग गर्न उहाँले अपिल समेत गर्नु भयो ।
जनता अवास कार्यक्रम अन्तर्गत बनेको कलावती देविको घरमा न जस्ता राम्रो लगाईएको छ न त घरको भुई ढलान गरेको छ।जनता अवास कार्यक्रम गरिबको र दलित घर बनाउनको लागि मधेश प्रदेशमा त्यति प्रभावकारि न भएको देखिएको छ।

प्रतिक्रिया दिनुहोस