आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रधानमन्त्री र गौर हत्याकाण्डका पीडितबीच भेटवार्ता,गृहसचिवको नेतृत्वमा वार्ता टोली बनाइने

एपी खबर २०८० श्रावण २०, शनिबार (९ महिना अघि) ९२ पाठक संख्या

काठमाडौँ । गौर घटनाका दोषीलाई कारबाहीको माग गर्दै केही दिनदेखि आन्दोलन गरिरहेका अन्दोलनरत पक्षसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गर्ने भएको छ । प्रधानमन्त्री प्रचण्ड र आन्दोलनरत पक्षबीच शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भएको थियो ।

सो छलफलमा प्रधानमन्त्रीले गृहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने प्रतिबद्धता जनाएका छन् । १७ वर्षअघि रौतहटको राइस मिलमा माओवादी र तत्कालीन मधेशी जनअधिकार फोरम नेपालबीच भएको झडपमा माओवादीका २७ जना नेता तथा कार्यकर्ताको निधन भएको थियो । निधन भएका परिवारले न्यायको माग गर्दै आन्दोलन गर्दै आएका छन् ।

प्रधानमन्त्री प्रचण्डले पीडितहरुको माग सम्बोधन गर्न गृहसचिवको नेतृत्वमा वार्ता टोली बनाउने र ठोस सहमतिका साथ अगाडि बढाउने प्रतिवद्धता जनाएको संघर्ष समितिका सदस्य रुपसागर उपाध्यायले बताइन् । सरकारले ठोस रुपमा वार्ता सुरु गरेपछि मात्र आन्दोलन स्थगित गरिने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस