आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सिप्रवी सेक्युरिटीजी प्रालि (ब्रोकर नं. २२ं)को शाखा वीरगन्जमा विस्तार

एपी खबर २०८० श्रावण २१, आईतबार (९ महिना अघि) ८३ पाठक संख्या

वीरगन्ज: सिप्रवी सेक्युरिटीजी प्रालि (ब्रोकर नं. २२ं)ले वीरगन्जमा शाखा विस्तार गरेको छ।  सिप्रवीले वीरगन्जको आदर्शनगरस्थित रुंगटा मलमा विस्तारित शाखा शुक्रबारबाट सञ्चालनमा ल्याएको हो। शाखाको एक कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य संघ मधेस प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले उद्घाटन गरेका थिए।

 

ललितपुरस्थित पुलचोकमा मुख्य कार्यालय रहेको सिप्रवीले यसअघि पनि वीरगन्जमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आइरहेको छ। सिप्रवीले गत वर्ष वीरगन्जमा सेयर मार्केटका लगानीकर्ताका लागि सचेतना कार्यक्रम पनि आयोजना गरेको महाप्रबन्धक जयन्त श्रीवास्तवले जानकारी दिए।

 

श्रीवास्तवका अनुसार सिप्रवीले अन्य सेयर ब्रोकरको तुलनामा नयाँ खाता खोल्ने ग्राहकलाई ई–मेलमार्फत सेयर बजारसम्बन्धी निःशुल्क शैक्षिक सामग्री पठाउने गरेको छ। त्यस्तै सिप्रवीका ग्राहकले सहज रुपमै चलनचल्तीका च्याटिङ एपहरु जस्तैः भाइबर, ह्वाट्सएप, गुगल र फेसबुक म्यासेन्जरमार्फत ब्रोकरलाई आफ्ना गुनासा टिपाएर समाधान खोज्न सक्छन्।सिप्रवीले सेयर कारोबारसम्बन्धी सचेतना फैलाउन वीरगन्जका विभिन्न शैक्षिक संस्थासँग समेत सहकार्य गरेको छ। आगामी भविष्यमा उनीहरुसँग मिलेर विभिन्न कार्यक्रम गर्ने योजनासमेत रहेको श्रीवास्तवले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस