आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटमा रोकिएन तस्करी , पटक पटक पुरानै घुमुवा परिचालन

अमित ठाकुर २०८० भाद्र १३, बुधबार (८ महिना अघि) ११५ पाठक संख्या

रौतहट। रौतहटको सिमावती नाकामा अवैध कारोबार तस्करी नियन्त्रण गरिनुका साट्टो झन मौलाएको पाईएको हो। दशकौंदेखि रौतहट तस्करीको मामिलामा प्रशिद्ध रहेको जिल्ला नै हो। रौतहटमा पटक पटक नयाँ प्रहरी प्रमुख आए तापनि रौतहटको तस्करी नियन्त्रण गर्न सकेका छैन।

रौतहटमा दिनहुँ अवैध रुपमा हुने कारोबार तस्करी तथा रक्सी भट्ठी खुल्याम संचालनमा आएका छन्। रौतहटको तस्करी नियन्त्रणमा ल्याउन पटक पटक पुरानै घुमुवा परिचालन गरिरहदा रौतहटमा तस्करी नियन्त्रण नभई झण बढ्ने गरेको बिशेष सुत्रबाट जानकारी भएको हो। रौतहटमा तस्करी निरन्तर सुचारुका लागि ठुलाबडा तस्करहरुले लाखौंको महिनावारी तिर्ने गरेको बिशेष सुत्रबाट जानकारी भएको हो।

 

रौतहटमा पछिल्लो समयमा बसेका अधिकांश घुमुवाहरु अहिले राजा बनेका छन्। तस्करीको मामिलामा रौतहट समुन्द्र भन्दा कम नभएको खण्डमा रौतहटमा पटक पटक पुरानै घुमुवा परिचालन गरिने गर्दछन्। सदरमुकाम संग साटिएको भारतीय बाजार बैरगनियाबाट मुख्य नाका भएर प्रहरीको संरक्षणमा खुलेयाम भारतीय मोटरसाइकल,साईकल र टेम्पो मार्फत भारतीय सामानहरु नेपालमा भित्रयाइने कार्य भई रहेको हो ।

 

भन्सार कार्यालयको मुख्य गेटमा खटिने नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवान र भन्सार कार्यालयका कर्मचारीहरुले लाइन दिएपछि तस्करहरुले राजश्व छल्ली गरि तस्करी गर्ने गर्छन। भने गौर भन्सारको पुर्वपट्टी रहेको लक्ष्मीपुर बेलबिक्षवा नाकाबाट मो. ईरसादले कपडा,अौषधी, शुर्तीजन्य पदार्थ र पटाकाको लाईन खोलाएको हो भने सोही कार्यमा सेयरको रुपमा रामप्रवेश पंडित रहेको हो। भने सोही नाकाबाट रुपेश यादवले नेपालबाट रक्सीको तस्करी गर्ने गर्छन भने भारतबाट खाद्यान्न समान चामलको तस्करी गर्ने गर्छन्।

 

भने सुरेश यादवले नेपालबाट सोही नाका हुँदै केराउ, मुङ्ग, खेसारीको तस्करी गर्ने गर्दछन्। त्यसतै मुकेशले किराना सामानका साथ-साथै सुर्तीजन्य पदार्थको तस्करी गर्ने गर्छन्। भने महादेवपट्टी नाकाबाट रवी यादव र बैरगनियाका किरणियाले कपडा र खाद्यान्न समानको तस्करी गर्ने गर्छन्। क्रान्ति र मुस्कानले चपल, जुत्ता, कपडा,पार्चुनका समानहरुको तस्करी गर्ने गर्दछन्। रौतहट तस्करीले गर्दा पुरै बदनाम भएको हुँदा पनि रौतहटमा पटक पटक पुरानै घुमुवा परिचालन हुनु कतै नकतै तस्करीलाई बढावा दिनु जस्तो नै हो भने बिशेष सुत्रबाट जानकारी भएको हो।

 

गौर भन्सारबाट तथा चोर नाकाहरुबाट तस्करी नियन्त्रण गर्न भन्सार सुरक्षा गार्डको कमान्ड प्रहरी सहायक निरिक्षकको थियो । तर तस्करी नियन्त्रण नहुँदा प्रहरी नायव निरिक्षक सिकेन्द्र साहको नेतृत्व हुँदा पनि तस्करी नियन्त्रण नभई झण बढेको स्थानीयहरुले बताएका छन्। गौर भन्सारको मेन नाकामा सिसिटिभी क्यामेरा जडान पश्चात् सुरक्षाकर्मीहरुले मेन नाकामा कडाइ गरी तस्करहरुका लागि चोर नाकाहरु सुचारू गरेकाछन्।

 

भने रौतहटको अौरैया ,महुलिया,बन्जरहा,रामपुरखाप,बंकुल, लतमडी,सरमुजवा नाकाहरुबाट जस्ता खुला नाकाहरुबाट तस्करले राज्यको कर छलेतापनि खुला सिमानामाबाट खुल्याम तस्करी भईरहेको बुझिएको हो। रौतहटको जिल्लाको गौर भन्सार नाकाबाट बेलाबेलामा सानोतिनो तस्करी भई रहदा पनि ठुल-ठुला तस्करका लागि सुरक्षाकर्मी कै सेटिङ्गमा चोर नाकाहरु रात्रीका लागि खुला गरिए नाम नलेख्ने सर्तमा बताएका छन्।

 

रौतहटकै पश्चिमी नाका रामपुर खापबाट मुस्तुफाले कपडा ,हार्डवेयर, रामप्रवेशले कुखुरा, राकेसले किराना तथा हार्डवेयर,राजाबाबुले किराना तथा हार्डवेयर, रंजित र अमरजितले किराना कपडा हार्डवेयर, असरफ र कपलालले किराना पार्चुन समानको तस्करी गर्ने गर्दछन्। भने बंकुल नाकाबाट संदिप,गुड्डु र नवलले कपडा,कुखुरा, हार्डवेयर, बच्चा, सुनिल, दिपकले कपडा, हार्डवेयर,कुखुरा चल्ला, पार्चुन, किराना भने सतिशले सोही नाकाबाट किराना समानको तस्करी गर्ने गर्दछन्। रौतहटमा अधिकांश घुमुवाहरुको दरबन्दी अन्य जिल्लामा रहेता पनि रौतहटमा पटक पटक पुरानै घुमुवा परिचालन हुनु कतैन कतै तस्करलाई बढावा दिनु स्थानीयले बताउँछन् ।

 

शेख नुरसैदले चिनी,रजनिगंधा र नेपालमा प्रतिबन्धित सागर दुधको तस्करी गर्ने गर्दछन् भने शेख असरफ भारतीय अौषधी, चिनी, र राजनिवास कुट्काको तस्करी गर्ने गर्छन् । बरकत मंसुरी, शेख लम्बु, कान्छा भन्ने ब्यक्तिले तस्करीको मामिलामा मधेस प्रदेशमै प्रचलीत रहेको र नुन देखि सुनसम्मको कारोबार गर्ने गरेको स्थानीयले बताएका छन्। भने ज्याउल मंसुरी र शेख इन्ताजुल दुवै जना रौतहटकै मोतीपुर नाकाबाट राङ्गा,भैंसी गोरु र कपडाको तस्करी गर्ने गर्दछन्। रौतहटको पश्चिमी नाका जितेन्द्र साहले रुपैयाँको हुण्डी र प्रतिबन्धित अौषधीको खुल्याम तस्करी गरिरहेको नाम नखोल्ने सर्तमा बताएका छन।

 

भने बंकुल नाकाबाट भारतीय तोरीको पिना ट्रक कै ट्रक तस्करी गरि मधेस प्रदेशको ८ अोटै जिल्लामा नेपाली बिलबिजक बनाई सप्लाई गर्ने गर्छन्। भारतको बिहार सरकारले रक्सी उत्पादन र विक्रीमा पूर्ण प्रतिबन्ध लगाएको अवस्थामा नेपालवाट सुरक्षाकर्मीको संरक्षणमा शौफी नामक रक्सी र ब्रान्डेड रक्सी तस्करी गरि लैजाने कार्य भइरहेका छन ! रौतहटमा नेपाल प्रहरी र शस्त्र प्रहरीको केही मात्रामा सादा पोसाकमा घुम्ने प्रहरीले झन रौतहटमा तस्करी गराई रहेको र देश आर्थिक संकट संग जुद्धि रहेको बेला राज्शव चुहावटमा कुनै कसर बाँकी नछाडेको स्थानीयले बताएका छन्। रौतहट जिल्ला तस्करीमा पुरै बदनाम रहेको हुँदा शस्त्र तथा जनपदका प्रहरी प्रहरी तस्करी नियन्त्रणमा जोड दिएपनि १ दुई महिना कट्दा पुणह पुरानै ढाँचामा तस्करी झण बढाउने र सर्वसाधारणलाई दुख दिने गरेको स्थानीयहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस