आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

छात्रालाई अभद्र ब्यवहार गरेको आरोपमा वीरगञ्जका एक बिद्यालयका प्रिन्सिपल पक्राउ

एपी खबर २०८० भाद्र १५, शुक्रबार (८ महिना अघि) १०१ पाठक संख्या

वीरगञ्ज – छात्रालाई अभद्र ब्यवहार गरेको आरोपमा पर्साको वीरगञ्ज स्थित एक बिद्यालयका प्रिन्सिपललाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१५ भिष्वामा रहेको पिस जोन एकेडमीका प्रिन्सिपल सर्लाहीको हरिपुर्बा नगरपालिका–४ डुमरिया बस्ने ३५ बर्षिय राकेश यादव रहेको प्रहरीले जनाएको छ ।

 

उनले बिधालयमा कक्षा ११ मा अध्यनरत छात्रा माथि अभद्र व्यवहार गरेको हुदाँ नियन्त्रणमा लिईएको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक गिरीले जानकारी दिए । बुधबार पक्राउ परेका यादवलाई बिहीबार राति साढे नौ बजेको समयमा मुटुको समस्या भएपछि उपचारको लागि नारायणी अस्पतालमा पठाइएको तथा थप उपचारको लागि वीरगञ्जकै नेशनल मेडिकल कलेजमा रेफर भएको गिरीले बताए । घटनासमबन्धी अनुसनधान भईरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस