आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पर्साको ठोरीमा आतंक मच्चाईरहेको पाटे बाघ निकुञ्जको नियन्त्रणमा

एपी खबर २०८० भाद्र १६, शनिबार (८ महिना अघि) १०६ पाठक संख्या

पर्सा : पर्साको ठोरीमा आतंक मच्चाईरहेकोपाटे बाघलाई नियन्त्रणमा लिइएको छ । ठोरीको बाघामोर्चा छघरेलगायत ठाउँमा बाघले आक्रमण गरी पशु चौपाया मार्ने र मान्छेहरुलाई त्रसित बनाएको थियो । आज बिहान १० बजेको समयमा उक्त बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज र भारतीय प्राविधिक टोलीले बेहोसीको सुई हान्नेर नियन्त्रणमा लिएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.अशोक रामले जनाए ।

 

गत बुधबार उक्त बाघको आक्रमणबाट स्थानीय ५५ वर्षीय कान्छा लाल दोङको मृत्यु भएको थियो । उनको गोरुलाइ पनि सोही बाघले मारेको थियोे।बाघले मान्छे मारेपछि बाघ नियन्त्रणमा लिनका लागि बिहीबारदेखि नै पर्सा रास्ट्रिय निकुञ्जको टोलि हातीसहित परिचालन गरिएको थियोे।सोही क्रममा शनिबार बिहान बाघलाई टोलिले नियन्त्रणमा लिन सफल भएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस